परराष्ट्रमन्त्रीको गुनासो- शेरबहादुर देउवाको श्रीमती भएकैले सबैको तारो बनेँ | Khabarhub Khabarhub

परराष्ट्रमन्त्रीको गुनासो- शेरबहादुर देउवाको श्रीमती भएकैले सबैको तारो बनेँ


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री आरजू राणा देउवाले राहदानी र कन्सुलर विभागको निरीक्षण गरेकी छन् ।   बुधबार त्रिपुरेश्वरस्थीत विभागको कार्यालय पुगेर स्थलगत निरीक्षण गर्दै वस्तुस्थितिका बारेमा जानकारी लिएकी हुन् ।

सो क्रममा उनले कहिबेर सेवाग्राहीसँग कुराकानी गरेकी थिइन् भने कर्मचारीले विभागको सेवाका बारेमा जानकारी गराएका थिए ।  कर्मचारीसँग विभागको सेवा प्रवाहका बारेमा जानकारी लिएपछि मन्त्री राणाले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न निर्देशन दिएकी थिइन् ।

त्यस्तै उनले सरकारमा निकै अनुभवी पार्टीहरू रहेकाले स्टन्ड गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताइन् ।

मन्त्री राणाले जनताको सेवा प्रवाहमा सरकारको ध्यान केन्द्रित रहेको जिकिर गरिन् । विभागको सेवा प्रवाहलाई सहज गर्न देखिएका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।

फरक प्रसंगमा मन्त्री राणाले आफूमाथि टिकापुर जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरण लगायतमा लगाइएका आरोपहरू निराधार रहेको बताइन् । कांग्रेस सभापति शेरबहादुर देउवाको श्रीमती भएकै कारण आफूलाई विभिन्न आरोप लगाउने गरेको उनले गुनासो गरिन् ।

उनले देउवाको ‘वाइफ’ भएकाले सबैको तारो बनेको भन्दै राक्षसको कथासमेत सुनाइन् ।

उनले नियोजित रूपमा स्टन्ड गर्न विभिन्न प्रकरणमा आफ्नो नाम मुछ्ने काम गरेको समेत बताइन् ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ४ : ४८ बजे

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका

घरायसी विवादमा २४ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा – पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी

मनसुन अझै केही दिन सक्रिय रहन्छ : मौसमविद् महर्जन

काठमाडौं – लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण