कामु प्रधानसेनापतिको जिम्मेवारी सिग्देललाई « Khabarhub

कामु प्रधानसेनापतिको जिम्मेवारी सिग्देललाई


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देललाई दिन सिफारिस गरेको छ ।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले वरिष्ठ रथी सिग्देललाई सैनिक ऐन २०६३ को दफा ८ को उपदफा ३ बमोजिम साउन २५ गतेदेखि लागू हुने गरी कायममुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।

अहिलेका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा सकिँदैछ । त्यसको एक महिनाअघि बिदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोक्न सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले  महिला बालबालिका मन्त्रालय अन्तर्गत विभिन्न कार्यक्रमका लागि ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ भने चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालय अन्तर्गत ५९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताए ।

त्यस्तै बैठकले ५ देशका राजदूत फिर्ता गर्दै १८ देशमा राजदूत नियुक्ति सिफारिस गरिएको उनले बताए ।

 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ५ : २३ बजे

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९