मनिलाको एसिया सम्मेलनमा उपेन्द्रले भने- विभेदमा पारिएका जनता नै संकटमा हुन्छन् « Khabarhub

मनिलाको एसिया सम्मेलनमा उपेन्द्रले भने- विभेदमा पारिएका जनता नै संकटमा हुन्छन्


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

फिलिपिन्स- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले युद्ध, पर्यावरण र प्राकृतिक विपद् जस्ता विश्वव्यापी संकटको सामना गर्न एसियाली देशबीच साझा नीति र प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।

फिलिपिन्सको राजधानी मनिलामा बुधबार ग्लोबल लीडरको प्यानल सत्रमा बोल्दै अध्यक्ष यादवले एसियाली देशहरूबीच साझा कार्यक्रम, नीति र प्रतिबद्धता नभएसम्म विश्वस्तरका संकटको सामना गर्न नसकिने बताएका हुन्।

सम्मेलनको अन्तिम दिन ग्लोबल लीडर प्यानललाई सम्बोधन गर्दै यादवले भने,- ‘सामाजिक न्याय र मानवअधिकार संरक्षणको हकमा विभेदमा पारिएका जनता नै संकटको भूमरीमा परेका हुन्छन्। त्यसका लागि पनि एसियाली देशबीच साझा कार्यक्रम र नीति जरुरी छ।’

अध्यक्ष यादवले प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ बिषयक कार्यपत्र प्रस्तुत गरी लीडर सम्मेलनलाई सम्बोधन गरेका छन् ।

एसियाली प्रजातान्त्रिक पार्टीहरूको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई २९ तारिखदेखि आयोजित ग्लोबल लीडरको सम्मेलनमा भाग लिन यादव गत असार १३ गते मनिला गएका थिए ।

उक्त सम्मेलनमा एसियाको ४१ देशमा प्रतिनिधि नेताहरू सहभागी थिए । जुलाई २९ देखि सुरु भएको उक्त सम्मेलन आज सम्पन्न भएको छ ।

जनता समाजवादी पार्टी नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटिको सदस्य छ । अध्यक्ष यादव भोलि बिहीबार राति १०.३० बजे मलेसिया एयरलाइन्सको विमानबाट स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ६ : १५ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम