राष्ट्रपति पौडेलद्वारा ३ प्रदेश प्रमुख नियुक्त « Khabarhub

राष्ट्रपति पौडेलद्वारा ३ प्रदेश प्रमुख नियुक्त


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशहरूमा नयाँ प्रदेश प्रमुखहरू नियुक्त गरेका छन् ।

उनले साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले गरेको सिफारिसका आधारमा बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा प्रमुख नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई नियुक्त गरिएको छ ।

कैलालीको धनगढीका देवकोटा नेकपा एमालेको कोटामा प्रदेश प्रमुख नियुक्त भएका हुन् । उनी एमालेको केन्द्रीय अनुशासन आयोग सदस्य हुन् ।

रोल्पाका घर्तीमगर र बझाङका जोशी नेपाली कांग्रेसकातर्फबाट प्रदेश प्रमुख बनेका हुन् । घर्तीमगर कांग्रेस रोल्पाका पूर्वसभापति र जोशी कांग्रेस केन्द्रीय सदस्य हुन् ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ६ : २० बजे

मकवानपुरको जुराखेतमा न्यायाधीश डाँगी सवार गाडी दुर्घटना: ६ जना घाइते

काठमाडौँ- काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको उच्च अदालत जनकपुरको अस्थायी इजलास

कृषिसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

सप्तरीमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु, एक घाइते

सप्तरी – पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कोशी ब्यारेज नजिकै मोटरसाइकल अनियन्त्रित

दियालो बङ्गला अवलोकनबाट २४ लाख राजश्व सङ्कलन

चितवन– गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले चितवनस्थित दियालो

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

मुस्ताङ– उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा