पेरिस ओलम्पिक- जापानलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो चीन « Khabarhub

पेरिस ओलम्पिक- जापानलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो चीन


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

पेरिस-  पेरिस ओलम्पिकका क्रममा बुधबार चीनले थप दुई स्वर्ण जितेको छ ।

चीनका लागि बुधबार १८ वर्षीय डेङ यावेनले महिला साइक्लिङ बीएमएक्स फ्रीस्टाइलमा ९२.६० अंक बनाउँदै आठौं स्वर्ण पदक जिताउन सफल भइन् ।

बुधबार नै चीनका लागि पौडीतर्फ चेन युसी र क्वान होङचानले महिला १० मिटरतर्फ संयुक्त सातौँ स्वर्ण पदक जिताए ।

यसअघि बुधबार बिहानसम्म जापान शीर्ष स्थानमा थियो । अहिले चीनले ८ स्वर्ण, ६ रजत र २ कास्य पदक जित्दै आफूलाई शीर्ष स्थानमा पुर्‍याएको छ ।

उता जापान पदक तालिकामा ७ स्वर्णसहित दोस्रोमा छ । उसले ७ स्वर्ण, २ रजत र ४ कास्य जितेको छ।

तर सबैभन्दा धेरै पदक भने संयुक्त राज्य अमेरिकाले जितेको छ । उसले ४ स्वर्ण, १२ रजत र ११ कास्य पदक जितेको छ ।

फ्रान्सले १८ पदक जितेको छ । फ्रान्सले ६ स्वर्ण पदक, ९ रजत पदक र ५ कास्य पदक जित्दै तेस्रो स्थानमा छ ।

चौथो नम्बरमा १६ पदकसहित बेलायत रहेको छ । बेलायतले ६ स्वर्ण, ५ रजत र ५ कास्य पदक जितेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ७ : ०२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले