पेरिस ओलम्पिक- जापानलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो चीन « Khabarhub

पेरिस ओलम्पिक- जापानलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो चीन


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

पेरिस-  पेरिस ओलम्पिकका क्रममा बुधबार चीनले थप दुई स्वर्ण जितेको छ ।

चीनका लागि बुधबार १८ वर्षीय डेङ यावेनले महिला साइक्लिङ बीएमएक्स फ्रीस्टाइलमा ९२.६० अंक बनाउँदै आठौं स्वर्ण पदक जिताउन सफल भइन् ।

बुधबार नै चीनका लागि पौडीतर्फ चेन युसी र क्वान होङचानले महिला १० मिटरतर्फ संयुक्त सातौँ स्वर्ण पदक जिताए ।

यसअघि बुधबार बिहानसम्म जापान शीर्ष स्थानमा थियो । अहिले चीनले ८ स्वर्ण, ६ रजत र २ कास्य पदक जित्दै आफूलाई शीर्ष स्थानमा पुर्‍याएको छ ।

उता जापान पदक तालिकामा ७ स्वर्णसहित दोस्रोमा छ । उसले ७ स्वर्ण, २ रजत र ४ कास्य जितेको छ।

तर सबैभन्दा धेरै पदक भने संयुक्त राज्य अमेरिकाले जितेको छ । उसले ४ स्वर्ण, १२ रजत र ११ कास्य पदक जितेको छ ।

फ्रान्सले १८ पदक जितेको छ । फ्रान्सले ६ स्वर्ण पदक, ९ रजत पदक र ५ कास्य पदक जित्दै तेस्रो स्थानमा छ ।

चौथो नम्बरमा १६ पदकसहित बेलायत रहेको छ । बेलायतले ६ स्वर्ण, ५ रजत र ५ कास्य पदक जितेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ७ : ०२ बजे

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट