काठमाडौंमा दुई समूहबीच झडप, खुकुरी प्रहारबाट एक जनाको मृत्यु « Khabarhub

काठमाडौंमा दुई समूहबीच झडप, खुकुरी प्रहारबाट एक जनाको मृत्यु


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानगरपालिका–१७ ढल्कुमा आज दुई समूहबीच भएको झडपमा परी एकको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन् ।

झडपका क्रममा धारिलो हतियार प्रहारबाट ढल्कु पोडेटोल निवासी ३३ वर्षीय अनित पुजारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

यस्तै झडपमा परी ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षका अमृत पुजारी घाइते भएका छन् ।

घाइतेको शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो । उहाँका अनुसार उक्त घटनामा पोडेटोलका सात जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ पोडेटोल बस्ने १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ को सागर देउला, ४६ वर्षीय रवीन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टिकामाया पुजारी तथा २२ वर्षीया सञ्जाली पुजारी रहेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १० : ३० बजे

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार