हिमालको शुद्ध पानी विदेशमा निर्यात गर्न सकिन्छ : खानेपानीमन्त्री « Khabarhub

हिमालको शुद्ध पानी विदेशमा निर्यात गर्न सकिन्छ : खानेपानीमन्त्री


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले सगरमाथा हिमालको शुद्ध पानी विदेशमा निर्यात गर्न सकिने बताएका छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा यहाँ आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले हिमालको शुद्ध पानी विदेश निर्यात गर्न सकिने बताए ।

विदेश भ्रमणमा रहेका बेला रसुवाको पानी पिउन पाएको स्मरण गर्दै उनले भने, “म विदेश गएका बेला रसुवाको पानी खान पाएको थिएँ, कसरी त्यहाँ पुग्यो थाहा भएन तर खुसी लाग्यो । अब हामीले हिमालको शुद्ध पानी कसरी तेस्रो मुलुकमा निर्यात गर्न सक्छौँ, त्यसतर्फ सोच्नुपर्ने बेला आएको छ ।”

त्यस्तै मन्त्री यादवले जनताका काम छिटोछरितो एवं सहजरूपमा सम्पन्न गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए । उनले भने, “म भोलिको काम आज, आजको काम अहिले गर्ने किसिमको व्यक्ति हुँ र मन्त्रालयका कर्मचारी साथीहरूसँग पनि सोहीअनुरुप काम गर्न अपेक्षा राखेको छु । नागरिकको काम कुनै पनि बहानामा कर्मचारीको टेबलमा रोकिनुहुँदैन । जनताका काम छिटोछरितो गरौँ ।”

मन्त्री यादवले सय दिनमा भएका कामको प्रगति विवरण देखाउन सबै कर्मचारीलाई निर्देशनसमेत दिए । “कर्मचारी सबैको कामको लेखाजोखा हुन्छ, मेरो कामको पनि मूल्याङ्कन हुने छ”, उनले भने, “हामीले सय दिनमा के–कति राम्रा काम गर्‍यौँ आआफ्ना सबैको विवरण तयार राख्नुहोला ।”

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १० : ५४ बजे

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल