विश्व खेलकुदमा अमेरिकी स्टारको चर्चा | Khabarhub Khabarhub

विश्व खेलकुदमा अमेरिकी स्टारको चर्चा


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

विश्वका सर्वकालिक उत्कृष्ट खेलाडी मध्य पक्कै पनि माइकल फ्लेप्सको नाम अग्रपङ्क्तिमा आउँछ। सन् २००० मा पहिलो पटक १५ वर्षको उमेरमा ओलम्पिकमा सहभागिता जनाएका उनले ५ पटकको सहभागितामा २३ स्वर्ण पदक जिते। सन् २००४ को एथेन्स ओलम्पिकमा उनले ६ स्वर्ण २ कास्य पदक जिते। सन् २००१ मा नै फलेप्सले १५ वर्ष ९ महिनाको उमेरमा २०० मिटर बटरफ्लाईमा विश्व कीर्तिमान कायम गरेका थिए।

सन् २००२ को पान प्यासिफिक पौडी च्याम्पियनसिपमा उनले ४०० मिटर व्यक्तिगत मेड्लीमा विश्व कीर्तिमान कायम गरे। सन् २००३ को विश्व च्याम्पियनसिपमा २०० मिटर ब्याक स्ट्रोकमा पनि अमेरिकाबाट सहभागिता जनाएका थिए। सो विश्व च्याम्पियनसिपमा ४ स्वर्ण पदक जिते। प्रतियोगितामा उनले ५ विश्व कीर्तिमान कायम गरेका थिए। सन् २००४ मा नै उनले मार्क स्पिट्जको नाममा रहेको व्यक्तिगत ७ स्वर्णको कीर्तिमान भङ्ग गरेका थिए।

सन् २००५ को विश्व च्याम्पियनसिपमा उनले केही जोखिम मोलेका थिए। आफ्ना मनपर्ने दुई स्पर्धा त्यागेर उनले ४०० मिटर फ्रिस्टाइल र १०० मिटर फ्रिस्टाइल रोजेका थिए। विश्व च्याम्पियनसिपमा यी दुवै स्पर्धामा पदक जित्न सकेनन्। उनले कुल ५ स्वर्ण र १ रजत पदक जिते।


सन् २००७ को विश्व च्याम्पियनसिपमा भने फ्लेप्सले ७ स्वर्ण पदक जितेका थिए। बेइजिङ ओलम्पिक त फ्लेप्सको सनसनी मै बितेको थियो। कुनै पनि ओलम्पिकमा कुनै पनि खेलाडीले यस स्तरको प्रदर्शन सायदै गर्ने छन्। फ्लेप्सले चार सय मिटर व्यक्तिगत मेड्ली, चार गुणा १०० मिटर फ्रिस्टाइल रिले, २०० मिटर बटरफ्लाइ, २०० मिटर बटरफ्लाई, चार गुणा २०० मिटर फ्रिस्टाइल, २०० मिटर व्यक्तिगत मेड्ली र मेड्ली रिलेमा विश्व कीर्तिमान सहित स्वर्ण पदक जिते। १०० मिटर बटरफ्लाइमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जिते। उनले फाइनलमा सर्बियाका मिलोरार्ड काभिकलाई ०.०१ सेकेन्डले पछि पारे। सर्बियाको टोलीले घडीमा आपत्ति जनाएको थियो।

लन्डन ओलम्पिकमा चार तथा रियो ओलम्पिकमा पाँच स्वर्ण पदक जितेका फ्लेप्सको यो सफलता साँच्चै अचम्मको थियो। ३ रिलेका साथै ५ व्यक्तिगत स्पर्धामा विश्व कीर्तिमान राख्नुका साथै अमेरिका जस्तो बलियो टोलीबाट ८ वटा व्यक्तिगत स्पर्धामा अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट हुनु साँच्चै ठुलो सफलता हो।

८२ पिजिए टुर जितेका टाइगर उड्स नि सन्देश संसारका एक सफल खेलाडी हुन्। उनी लामो समय संसारको सबै भन्दा धेरै आम्दानी गर्ने खेलाडीको रूपमा कीर्तिमान राख्न सफल भएका थिए। उनले सन् १९९७, २००१, २००२, २००५ र २०१९ मा मास्टर प्रतियोगिता जितेका थिए। यसैगरी, १९९९,२०००,२००६ र २००७ मा पिजिए च्याम्पियनसिप पनि जितेका थिए। यसैगरी, उड्सले २०००,२००२ र २००८ मा यूएस अ‍ोपन पनि जिते।

कार्ल लुइसले एथलेटिक्समा नौ ओलम्पिक स्वर्ण पदक जिते। एक ओलम्पिक रजत जितेका उनले ९ स्वर्णसहित १० विश्व च्याम्पियनसिप पदक पनि जितेका थिए। उनी आफ्नो समयमा स्टार स्प्रिन्टर तथा लङ जम्प खेलाडी थिए।


उनले सन् १९८१ देखि १९९० को दशकको सुरुवातसम्म १०० मिटर, २०० मिटर लङ जम्पमा विश्व वरीयता क्रममा पहिलो स्थान काय राखेका थिए। बाबु विलियम लेभिसको प्रशिक्षणमा रहेका उनले सन् १९९४ को लस एन्जलस ओलम्पिकमा चार स्पर्धामा सहभागिता जनाउँदै सबै स्पर्धामा स्वर्ण पदक जितेका थिए। एथलेटिक्समा यो सफलता सन् १९३६ मा जोसे ओवेन्स पछिको हो।

लङ जम्पमा लामो समय सनसनी फैलाएका उनले केही समय अन्य खेलमा भने पराजयको सामना गरेका थिए। सन् १९८८ को सियोल ओलम्पिकमा उनले २ स्वर्ण र १ रजत पदक जिते। २०० मिटरमा रजत पदक जितेका उनी १०० मिटरमा पनि क्यानडाका बेनजोनसोनभन्दा पछि रहँदै दोस्रो स्थानमा थिए। बेन जोन्सन डोपिङमा असफल भएपछि उनको पदक खोसिएको थियो।

सन् १९९२ को बार्सिलोना ओलम्पिकमा रिले र लङ जम्पमा स्वर्ण पदक जितेका उनले सन् १९९६ को एटलान्टा ओलम्पिकमा लङ जम्पमै स्वर्ण पदक जितेका थिए। उनले विश्व च्याम्पियनसिपमा समेत ८ स्वर्ण पदक र २ रजत पदक जिते।

माइकल जोर्डन अमेरिकी खेल इतिहासका अर्का नायक हुन्। व्यावसायिक तथा बास्केटबल खेलाडी उनले ६ पटक एनभिए उपाधि जितेका थिए। ५ सिजन एनभिएका मस्ट भ्यालुएबल प्लेयर घोषित भएका थिए। ६ सिजनको फाइनलमा उनी उत्कृष्ट खेलाडी घोषित भएका थिए। सन् १९८४ र सन् १९९२ को ओलम्पिकमा उनले स्वर्ण पदक जितेका थिए।

माइकल फ्लेप्सको कीर्तिमान भन्दा अघि सात स्वर्ण पदकको कीर्तिमान राख्ने मार्क स्पिट्जलाई इतिहासले सधैँ सम्झने नै छ। स्पिट्जले सन् १९७२ को ओलम्पिकमा सात स्वर्ण पदक मात्र जितेनन्। यी सबैमा विश्व कीर्तिमान नै कायम गरे। माइकल फ्लेप्सले कायम गरेको विश्व कीर्तिमानमा केही समानता रहे। तीन रिलेमा नै उनले विश्व कीर्तिमान कायम गरेका थिए। यसैगरी बटरफुलाइका दुई स्पर्धामा विश्व कीर्तिमान कायम गरेका उनले १०० र २०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक कायम गरेका थिए।

त्यसो त ओलम्पिकमा अमेरिकाको इतिहास धेरै लामो छ। जसरी अर्थतन्त्र, राजनीति, कला र विज्ञानमा अमेरिकाको प्रभाव छ खेलकुदमा पनि स्वाभाविक रूपमा छ।

एथलेटिक्स, पौडी र बास्केटबलमा अमेरिकाको प्रभाव लामो समय देखि कायम छ। कुनै समय मुक्केबाजमा अग्रणी अमेरिका बिस्तारै प्रोफेसनल बक्सिङमा राम्रो भए पनि एमच्योर बक्सिङमा कमजोर थियो।

लामो समयको इतिहासमा अमेरिकाको प्रभाव कायम राख्ने क्रममा धेरै स्टारको उदय भएको छ। पौडीका केलेब ड्रेसेल, बास्केटबलका लेब्रियन जेम्स तथा धावक माइकल जोन्सन अमेरिकी इतिहासका महान् खेलाडीको रूपमा परिचित छन्।
स्रोत : ओलम्पिक, वर्ल्ड अक्वेटिक्स, स्विमसाम

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ७ : १५ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन