बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन « Khabarhub

बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ । बेनीको सांस्कृतिक पहिचान बनेको एकमहिने वर्षे नाचअन्तर्गत शुक्रबार जोगी नाच देखाइएको हो ।

नेवार समुदायको साझा संस्था नेपाल भाषा मंकाः खलःअन्तर्गतको युवाहरुको समूह ल्याम्हः पुचःको नेतृत्वमा बेनी बजार र मङ्गलाघाट बजारमा शुक्रबार दिनभर जोगीनाच प्रदर्शन गरिएको थियो ।

करिब ३० जना बढी युवायुवती र बालक सहभागी भएर शिव, पार्वतीको भेषमा सजिएर परम्परागत जोगी नाच देखाइएको जोगी नाचका संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।

उनका अनुसार नयाँ कलाकारलाई तालिम दिएर जोगी नाचमा सहभागी गराइएको थियो । युवाको समूह नाचगानसहित बजारमा निस्किएपछि दिनभर सर्वसाधारणले रुचिपूर्वक नाच अवलोकन गरेका थिए ।

बजारमा जोगी नाच प्रदर्शन गर्नुअघि लक्ष्मीनारायण मन्दिर परिसरमा महादेव र पार्वतीको पूजागरी उनीहरूलाई खुसी पार्न ताण्डव नृत्यसहित युवालाई जोगी बनाएर बजारमा नचाउने प्रचलन रहेको नेपाल भाषा मंकाःखलःका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए ।

नृत्यका साथै घरघरमा पुगेर भिक्षास्वरुप सहयोग जुटाउने चलन पनि छ । भिक्षामा सङ्कलन हुने रकमलाई वर्षे नाचको व्यवस्थापन तथा संरक्षणमा खर्च गरिन्छ । बेनी बजारमा बस्ती बसेदेखि नै यो नाच देखाउन थालिएको हो ।

यस वर्ष लाखे नाच, घोडा नाच, जोगी नाच, नागनागिनी नाचसहित श्रीकृष्ण रथयात्रालगायत कार्यक्रम समावेश गरिएको ल्याम्हः पुचः का अध्यक्ष जेनेश श्रेष्ठले बताए ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ८ : २६ बजे

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान