अमेरिकामा रहेका नेपालीबीच इन्ट्राकप फुटबल सुरु, १४ सय खेलाडी सहभागी « Khabarhub

अमेरिकामा रहेका नेपालीबीच इन्ट्राकप फुटबल सुरु, १४ सय खेलाडी सहभागी


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकाको ओहायो राज्यमा इन्ट्राकप फुटबल प्रतियोगिता सुरु भएको छ । ओहायोको एक्रोन शहरस्थित कोप्ले सकर कम्प्लेक्समा शुक्रबार इन्ट्रा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले खेलाडीलाई फुटबल पास गरेर प्रतियोगिता सुरु भएको हो ।

अमेरिकामा रहेका नेपाली मूलका युवायुवतीबीच इन्ट्राकप–२०२४ फुटबल प्रतियोगिता गरिएकाे हो ।

प्रतियोगितामा पुरुषतर्फ ३० वर्षमुनि, ३० देखि ३९ वर्षसम्मका युवा र ४० वर्षदेखि माथिका भेट्रान्स गरी तीन समूहका बेग्लाबेग्लै खेल तय गरिएका छन् । यस्तै, महिलातर्फ अन्तरराज्यस्तरीय प्रतिष्पर्धा हुनेछ । यसैगरी १६ वर्षमुनिका किशोर–किशोरीबीच प्रतिष्पर्धा हुनेछ ।

पीसजोन क्लबसमेतको सहकार्यमा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले आयोजना गरेको खेलमा युवायुवती र भेट्रान्सतर्फ गरी ३४ टीम दर्ता भएका छन् । सबै उमेर समूह र सबै टिमका गरी लगभग १४ सय खेलाडी सहभागी छन् ।

आयोजनास्थलका संयोजक चन्द्र पराजुलीका अनुसार, युवा र भेट्रान्सतर्फ अमेरिका र क्यानडाका गरी ३४ टिमले भाग लिएका छन् । जसमा ३० वर्षमुनिका युवातर्फ पथरी एफसी, चुजन एफसी, जुनियर योङ्ग गाइज इलेभेन, सांग्रिला युथ एफसी, एभरेष्ट युनाइटेड, टेक्सास थन्डर, टिमाई स्वायड, चुके एफसी, ड्याडी एफसी, एक्रोन युनाइटेड सहभागी छन् ।

४० वर्षमुनिको सिनियर युथतर्फ राजाबाबु एफसी, युनाइटेड ब्रदर्श, ह्यारिसवर्ग भेट्रान्स, हिमालयन हक्स, सागिना एफसी, सिन्सी इन्टा एफसी, नर्थ क्यारोलिना युनाइटेड, एफसी रिभाइवल, थ्री रिभर्स भेट्रान्स, मिसिगन युथ एफसी, नेक्ट जेन जी एफसी र केन्टकी भेट्रान्स छन् ।

त्यसैगरी ४० वर्षमाथिका भेट्रान्स समूहतर्फ कोलम्बस भेट्रान्स, एनवाई इन्टा एफसी, पिटर्सवर्ग भेट्रान्स, सागिना भेट्रान्स, एफसी रिभाइवल, सेरेनिटी एफसी, पिसजोन एकेडेमी र ह्यारिसवर्ग भेट्रान्स एफसीको प्रतिष्पर्धा छ ।

महिलातर्फ पिसजोन एकेडेमी गल्र्स, माउन्टेनियर्स एफसी, नर्थ डकोटा साइनिङ्ग स्टार र योद्धा एफसीबीच प्रतिष्पर्धा हुँदैछ ।

इन्ट्राका अध्यक्ष अधिकारीले अमेरिका र क्यानाडामा रहेका नेपाली भाषी समाजका खेलप्रेमीहरुलाई एकठाउँमा ल्याई आपसी भाइचाराको अभिवृद्धिका साथै अनुशासित प्रतिस्पर्धात्मक विकास गर्ने उद्देश्यले खेल आयोजना गरिएको बताए ।

अमेरिका, क्यानडाजस्ता देशहरूमा बसेर पनि नेपाली पन, पहिचान र एकता कायम राख्दै अगाडि बढ्न प्रेरित गर्ने खेलको उद्देश्य रहेको उनको भनाइ छ ।

आयोजक संस्थाका अनुसार सेप्टेम्बर १३ देखि १५ सम्म पेन्सिलभेनियाको ह्यारिसवर्गमा वृहत भलिबल प्रतियोगिताको आयोजना गरिने छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ११ : ४७ बजे

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले