रिजर्भ बैंक अफ इण्डियाका गभर्नर दासले पाए ‘ए प्लस’ ग्रेड « Khabarhub

रिजर्भ बैंक अफ इण्डियाका गभर्नर दासले पाए ‘ए प्लस’ ग्रेड


१५ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाका गभर्नर शक्तिकान्त दासलाई ग्लोबल फाइनान्स म्यागजिनले ‘ए प्लस रेटिङ’ प्रदान गरेको छ ।

ग्लोबल फाइनान्सले सार्वजनिक गरेको सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२४ मा गभर्नर दासले ए प्लस ग्रेड प्राप्त गरेका हुन् । उनलाई उक्त म्यागजिनले लगातार दोस्रो वर्ष उक्त ग्रेड प्रदान गरेको हो ।

रिपोर्ट कार्डमा ए प्लस ग्रेड प्राप्त गरेकोमा गभर्नर दासलाई प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले उनलाई बधाइ दिएका हुन् । ग्लोबल फाइनान्सले सन् १९९४ देखि यस्तो रिपोर्ट कार्ड प्रकाशित गर्दै आएको छ ।

उक्त म्यागजिनले रिपोर्ट कार्डमा १ सयभन्दा धेरै मुलुकका केन्द्रीय बैंकका गभर्नरको वरियता निर्धारण गर्दछ ।

मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, ब्याजदर व्यवस्थापनजस्ता विषय समेटेर उक्त ए प्लस देखि एफ ग्रेडसम्म प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  १२ : ०० बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र