रिजर्भ बैंक अफ इण्डियाका गभर्नर दासले पाए ‘ए प्लस’ ग्रेड « Khabarhub

रिजर्भ बैंक अफ इण्डियाका गभर्नर दासले पाए ‘ए प्लस’ ग्रेड


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाका गभर्नर शक्तिकान्त दासलाई ग्लोबल फाइनान्स म्यागजिनले ‘ए प्लस रेटिङ’ प्रदान गरेको छ ।

ग्लोबल फाइनान्सले सार्वजनिक गरेको सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२४ मा गभर्नर दासले ए प्लस ग्रेड प्राप्त गरेका हुन् । उनलाई उक्त म्यागजिनले लगातार दोस्रो वर्ष उक्त ग्रेड प्रदान गरेको हो ।

रिपोर्ट कार्डमा ए प्लस ग्रेड प्राप्त गरेकोमा गभर्नर दासलाई प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले उनलाई बधाइ दिएका हुन् । ग्लोबल फाइनान्सले सन् १९९४ देखि यस्तो रिपोर्ट कार्ड प्रकाशित गर्दै आएको छ ।

उक्त म्यागजिनले रिपोर्ट कार्डमा १ सयभन्दा धेरै मुलुकका केन्द्रीय बैंकका गभर्नरको वरियता निर्धारण गर्दछ ।

मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, ब्याजदर व्यवस्थापनजस्ता विषय समेटेर उक्त ए प्लस देखि एफ ग्रेडसम्म प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १२ : ०० बजे

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ