फिनल्याण्ड–इस्टोनिया ग्यास पाइपलाइन क्षतिमा चिनियाँ हात रहेको आशंंका « Khabarhub

फिनल्याण्ड–इस्टोनिया ग्यास पाइपलाइन क्षतिमा चिनियाँ हात रहेको आशंंका


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिनल्याण्ड–इस्टोनिया ग्यास पाइपलाइनमा भएको क्षतिमा चिनियाँ जहाजको हात रहेको विज्ञहरुले आशंका गरेका छन् ।

गत वर्षको अक्टोबर महिनामा बाल्टिक सागरमा रहेको उक्त ग्यास पाइपलाइनमा क्षति पुगेको थियो ।

बाल्टिक कनेक्टर ग्यास पाइपलाइनमा चिनियाँ मालवाहक जहाजले क्षति
पुर्‍याएकाे हुनसक्ने आशंका गरिएको भ्वाइस अफ अमेरिकाले जनाएको छ । न्यून्यू पोलर बियर नामक उक्त जहाज हङकङमा दर्ता भएको जनाइएको छ ।

चीनले भने उक्त ग्यास पाइपलाइनमा क्षति पुग्नुमा समुद्री आँधी जिम्मेवार रहेको दाबी गर्दै आएको छ । यद्यपि घटना भएका बेला सो क्षेत्रमा कुनै प्रकारको आँधी नआएको विज्ञहरु बताउँछन् ।

घटनाबारे अनुसन्धान गरिरहेका इस्टोनियाका रक्षामन्त्री हान्नोपेभकुरले त्यहाँको राष्ट्रिय प्रसारक ईआरआरसँगको कुराकानीका क्रममा घटना भएका बेला कुनै किसिमको आँधी नआएको बताएका थिए ।

क्षतिग्रस्त पाइपलाइन यसै वर्षकोअप्रिल महिनामा ३ करोड ८० लाख डलरको लागतमा मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।

सन् २०१९ मा युरोपेली युनियनको सहयोगमा ३३ करोडअमेरिकी डलर लागतमा उक्त पाइपलाइन सञ्चालनमाआएको थियो । यस पाइपलाइनले फिनल्याण्ड र इस्टोनियासँगै लात्भिया र लिथुआनियालाई समेत जोड्ने गर्छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १ : ०२ बजे

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ