फिनल्याण्ड–इस्टोनिया ग्यास पाइपलाइन क्षतिमा चिनियाँ हात रहेको आशंंका « Khabarhub

फिनल्याण्ड–इस्टोनिया ग्यास पाइपलाइन क्षतिमा चिनियाँ हात रहेको आशंंका


१५ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिनल्याण्ड–इस्टोनिया ग्यास पाइपलाइनमा भएको क्षतिमा चिनियाँ जहाजको हात रहेको विज्ञहरुले आशंका गरेका छन् ।

गत वर्षको अक्टोबर महिनामा बाल्टिक सागरमा रहेको उक्त ग्यास पाइपलाइनमा क्षति पुगेको थियो ।

बाल्टिक कनेक्टर ग्यास पाइपलाइनमा चिनियाँ मालवाहक जहाजले क्षति
पुर्‍याएकाे हुनसक्ने आशंका गरिएको भ्वाइस अफ अमेरिकाले जनाएको छ । न्यून्यू पोलर बियर नामक उक्त जहाज हङकङमा दर्ता भएको जनाइएको छ ।

चीनले भने उक्त ग्यास पाइपलाइनमा क्षति पुग्नुमा समुद्री आँधी जिम्मेवार रहेको दाबी गर्दै आएको छ । यद्यपि घटना भएका बेला सो क्षेत्रमा कुनै प्रकारको आँधी नआएको विज्ञहरु बताउँछन् ।

घटनाबारे अनुसन्धान गरिरहेका इस्टोनियाका रक्षामन्त्री हान्नोपेभकुरले त्यहाँको राष्ट्रिय प्रसारक ईआरआरसँगको कुराकानीका क्रममा घटना भएका बेला कुनै किसिमको आँधी नआएको बताएका थिए ।

क्षतिग्रस्त पाइपलाइन यसै वर्षकोअप्रिल महिनामा ३ करोड ८० लाख डलरको लागतमा मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।

सन् २०१९ मा युरोपेली युनियनको सहयोगमा ३३ करोडअमेरिकी डलर लागतमा उक्त पाइपलाइन सञ्चालनमाआएको थियो । यस पाइपलाइनले फिनल्याण्ड र इस्टोनियासँगै लात्भिया र लिथुआनियालाई समेत जोड्ने गर्छ ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  १ : ०२ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र