भारतद्वारा बङ्गलादेशमा चलेका परियोजना स्थगित « Khabarhub

भारतद्वारा बङ्गलादेशमा चलेका परियोजना स्थगित


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले बङ्गलादेशमा चलेका आफ्ना परियोजनाहरू स्थगित गरेको छ । भारतको विदेश मन्त्रालयले बङ्गलादेशमा चलिरहेका भारतीय परियोजनाबारे बयान दिँदै स्थगित गरिएको जनाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका छन्, ‘बङ्गलादेशमा चलिरहेका हाम्रा परियोजना (प्रोजेक्ट) हरु मौजुदा परिस्थितिका कारण स्थगित गरिएको छ ।’

उनले बङ्गलादेशको वर्तमान अवस्थामा सुधार भएर कानूनी व्यवस्था बहाल भएपछि त्यहाँको सरकारसँग भारतीय परियोजनाहरू कसरी सुरु गर्न सकिन्छ भनेर छलफल गरिने बताए ।

बङ्गलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छाड्नु परेको थियो । हसिनाले देश छाडेपछि बङ्गलादेशमा ठूलो उथल–पुथल हुनुका साथै हिंसा र अल्पसङ्ख्यकहरू माथि आक्रमण हुँदै आएको छ ।

यद्यपि, बङ्गलादेशमा अहिले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ । तर, भारत अहिले पनि बङ्गलादेशको स्थिति स्थिर हुने समयको प्रतीक्षामा रहेको बीबीसी हिन्दीले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १२ : २४ बजे

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ