शैक्षिक क्षेत्र सुधार्न विद्यार्थी संगठनको योगदान आवश्यक : माधव नेपाल « Khabarhub

शैक्षिक क्षेत्र सुधार्न विद्यार्थी संगठनको योगदान आवश्यक : माधव नेपाल


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शैक्षिक क्षेत्रको सुधारका लागि विद्यार्थी सङ्गठनहरूले पनि योगदान दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित वृहत शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालले शिक्षा क्षेत्रमा देखिएका बिभिन्न समस्याहरूको समीक्षा गर्दै यस क्षेत्रको सुधारका लागि  विद्यार्थी संगठनहरुले पनि योगदान दिनुपर्ने बताएका हुन् ।

 सरकारी नीतिमा रहेका कमजोरीलाई सुधार गर्नुपर्ने विषयमा विश्वविद्यालय, सरकार लगायतका निकायले विशेष ध्यान दिनुपर्ने उनले बताए । अध्यक्ष नेपालले समयमा नै परीक्षा नहुने र समयमा नै नतिजा निकाल्न नसक्नुको कारण आफूले बुझ्न नपाएको धारणा राखे । समयसीमाप्रति गम्भीर नहुने र अपारदर्शीका विषयमा पनि विद्यार्थी संगठनले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

उनले देशलाई सुन्दर बनाउने र नेपाल राष्ट्रको इज्जत बढाउने काम गर्न विद्यार्थीहरूलाई सुझाव दिए । 

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १ : ५८ बजे

अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण

बाजुरा– अपाङ्गता भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बाजुराले घरमै पुगेर

‘महिला सहभागिताबारे रास्वपा सचेत छ, चार नेताको छलफललाई अन्य रुपमा नबुझौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी कोषाध्यक्ष लीमा अधिकारीले नयाँ सरकार गठनका

रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार खगिन्द्रा खुशीलाई

काठामाडौं- ‘तेस्रो आँखा साहित्यिक समूह’ले ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’ युवा

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

गण्डकी– तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा रहेको ॐ कृषि

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौं– सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई पार्किङ गर्न