अमेरिकी र इराकी सेनाको आक्रमणमा १५ आईएस लडाकु मारिएको दाबी  « Khabarhub

अमेरिकी र इराकी सेनाको आक्रमणमा १५ आईएस लडाकु मारिएको दाबी 


१५ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले इराकी सुरक्षा बलका साथ सञ्चालन गरिएको संयुक्त कारबाहीका क्रममा इस्लामिक स्टेट (आईएस)का १५ लडाकु मारिएको दाबी गरेको छ । 

अमेरिकी सेन्ट्रल कमान्डले बिहीबार इराकको पश्चिमी क्षेत्रमा चलाइएको चरमपन्थी समूहविरुद्धको संयुक्त कारबाहीमा आईएसका १५ लडाकु मारिएको दाबी गरेको हो । 

सेन्ट्रल कमान्डले बयान जारी गर्दै भनेको छ, ‘अमेरिकी र इराकी सैनिकहरुको खतरनाक हतियार, ग्रिनेड र विष्फोट गराउने सुसाइड बेल्टले सुसज्जित लडाकु समूहसँग मुठभेड भयो । यो घटनामा कोही सर्वसाधारण हताहती भएका छैनन् ।’

यद्यपि, अमेरिकी मिडियाहरुमा उक्त कारबाहीका क्रममा केही अमेरिकी सैनिकहरु घाइते भएका समाचार प्रकाशित भएको बीबीसीले जनाएको छ । 

यसअघि इराकी सेनाले पनि संयुक्त कारबाहीका क्रममा गरिएको हवाई आक्रमणबाट चरमपन्थीहरुको सेल्टरलाई निशाना बनाइएको बताएको थियो ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  २ : ०५ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र