कांग्रेसले महामन्त्री थापाको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउने « Khabarhub

कांग्रेसले महामन्त्री थापाको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउने


१५ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय समितिमा महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई परिमार्जन सहित अघि बढाउने भएको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले थापाको प्रतिवेदनलाई परिमार्जन सहित अघि बढाउने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेले केन्द्रीय समितिमा प्रतिवेदनलाई परिमार्जन गरेर पारित गर्ने सहमति भएको जानकारी दिए ।

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । बैठकअघि दिउसो पुन पदाधिकारी बैठक बसि आवश्यक छलफल गरिने उनले  बताए । केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरि सङ्गठन तयार गर्ने निर्णयसहित अघि बढ्ने घिमिरेले जानकारी दिए ।

महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन भने अहिलेका लागि यथावत राख्ने विषयमा सहमति नजिक पुगिएको नेताहरूले जनाएका छन् ।

शर्माको प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, सांसद लगायतको कार्यकाल तोक्ने गरि संविधान संशोधन हुनुपर्ने उल्लेख छ । केही दिन यता जारी केन्द्रीय समितिको बैठकमा बिभिन्न प्रतिवेदन लगायतका ११ एजेण्डाहरुमाथि छलफल भइरहेको छ । 

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  २ : ५२ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र