मध्यवर्तीमा जंगली हात्तीको त्रास, रातभर जाग्राम बस्छन् स्थानीय  | Khabarhub Khabarhub

मध्यवर्तीमा जंगली हात्तीको त्रास, रातभर जाग्राम बस्छन् स्थानीय 


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इनरुवा– बराहक्षेत्र नगरपालिका–२ पुनर्वासका स्थानीय जंगली हात्तीको त्रासमा रातभर जाग्राम बस्छन् । कोसी टप्पु वन्यजन्तु आरक्ष र आसपासका जंगलबाट आउने हात्तीको त्रासका कारण मध्यवर्ती क्षेत्रका बासिन्दा जाग्राम बस्दै आएका हुन् ।

पूर्ववडाध्यक्ष हरिकृष्ण भट्टराईले नसुतेको एक साताभन्दा बढी भएको बताए। उनले राति जङ्गलबाट आउने हात्तीको त्रासमा राति नसुतेको एक साता भएको उनले बताए। प्रत्येक रात लाइट बोकेर हात्ती धपाउनुपर्ने आफ्नो दिनचर्या भएको उनको भनाइ छ । 


दिनभरी बाहिर काम गरेर राति आराम गरिरहेको बेलामा दैनिक जङ्गलबाट आउने हात्तीका कारण जाग्राम बस्नुपर्ने बाध्यता रहेको भट्टराईले बताए। हात्ती धपाउँदा धपाउँदै रात बित्ने गरेको उनको भनाइ छ । 

भट्टाराई जस्तै बराहक्षेत्र–२ पुनर्वासका चन्द्रबहादुर मगरको अवस्था पनि उस्तै छ । दैनिक वन्यजन्तु आरक्ष तथा अन्य जङ्गलबाट आउने हात्तीका कारण समस्या हुँदै आएको उनले बताए। यही भदौ १२ गते राति आएको हात्तीको समूहले घरमा क्षति पुर्‍याएको उनले जानकारी दिए। 

यस क्षेत्रमा दैनिक रुपमा आरक्षबाट आउने हात्तीले आर्थिक तथा भौतिक क्षति गर्ने गरेका छन् । हात्तीपीडित भएकालाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउँदै आए पनि त्यसले प्रयाप्त नभएको स्थानीय बताउँछन् । 

क्षतिपूर्तिले मात्र सबै समस्याको समाधान नहुने भएकाले दीर्घकालीन रुपमा यसको समाधान खोज्न स्थानीय सरकार र प्रशासनलाई पटकपटक आग्रह गरिएको मगरले बताए। 

हात्तीका कारण समस्या हुँदै आएको र यसबाट पीडितलाई सुविधा र सुरक्षा दिन नसकिएको आरक्ष प्रशासनले जनाएको छ । गत साउनदेखि हालसम्म एक सयभन्दा बढी परिवारले क्षतिपूर्तिका लागि वन्यजन्तु आरक्षमा निवेदन दिएका बराहक्षेत्र–२ का वडाध्यक्ष होमप्रसाद गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ४ : ०५ बजे

तीन महिनामा ३५ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्षको सुरुआती तीन महिनामा रू ३५ अर्बभन्दा

झिलिमिली तिहार (तस्बिरहरू)

काठमाडौं– हिन्दुहरूको दोस्रो महान् पर्व तिहार आए सँगै काठमाडौं उपत्यका

प्रधानमन्त्रीले विपिनलाई श्रद्धाञ्जली दिँदै भनिन् : “विपिन हामी सबैका छोरा हुन्, कहिल्यै अस्ताउँदैनन्”

काठमाडौं- इजरायलमा दिवंगत भएका नेपाली विद्यार्थी विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण

चीनका प्रमुख व्यापार वार्ताकार ली चेङ्गाङ विश्व व्यापार संगठनको पदबाट हटाइए

एजेन्सी – वरिष्ठ चिनियाँ व्यापार वार्ताकार तथा विश्व व्यापार संगठन

दुई सय ४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण