मन्त्री गुरुङ भन्छन्- वर्तमान सत्ता समीकरण ०८४ सम्मै जान्छ  « Khabarhub

मन्त्री गुरुङ भन्छन्- वर्तमान सत्ता समीकरण ०८४ सम्मै जान्छ 


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पोखरा– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी आम निर्वाचनसम्म जाने ठोकुवा गरेका छन् ।

पोखरामा आज बिहान पत्रकारसम्म कुराकानी गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् । अहिले सत्ता समीकरणबारे प्रश्न उठाउनुपर्ने कुनै कारण नभएको बताउँदै उनले समीकरण भत्किने कारण पनि नरहेको प्रष्ट पारे।

‘हाम्रो सरकार के कारणले ढल्छ रु निश्चित उद्देश्य तय गरेर दुई ठूला दलबीच सत्ता सहकार्य भएको छ । सरकार चलाउनको लागि तेस्रो पार्टी चाहिएकै छैन । त्यसैले सरकार ढल्ने कुरै छैन,’ पोखरामा आज बिहान पत्रकारसम्म कुराकानी गर्दै सञ्चारमन्त्री गुरुङले भने ।

उनले सत्ता समीकरणका प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली मिल्ने बेलासम्म कसैको केही नलाग्ने र केही नहुने प्रष्ट पारे । उनीहरूबीच नै फाटो आउनसक्छ कि रु भन्ने प्रश्नमा मन्त्री गुरुङले माओवादीतर्फ संकेत गर्दै ३२ सिटको म्याजिक नम्बरले दुवै नेतालाई ठगेकोले त्यस्तो नहुने बताए ।

अहिलेको सरकारले लामो समयदेखि बाँकी रहेको संक्रमणकालीन न्यायको विषय पनि टुंग्याएको भन्दै यसले पनि सरकार ०८४ को चुनावसम्म कायमै रहने बताए ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ४ : ०६ बजे

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

काठमाडौं– यामाहाले नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने

एक्सन दृश्य केन्द्रमा राखेर निखिलले सार्वजनिक गरे ‘आचार्य’को टिजर

काठमाडौं – नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचाय’को टिजर

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) मा

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं– काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा

पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए

पेशावर- पाकिस्तानको इस्लामाबादस्थित सरहद युनिभर्सिटीको रावत क्याम्पसमा विद्यार्थी प्रदर्शनका क्रममा