१७ औँ पुस्तकालय दिवस सम्पन्न « Khabarhub

१७ औँ पुस्तकालय दिवस सम्पन्न


१५ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १७ औँ पुस्तकालय दिवस सम्पन्न भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा काठमाडौंमा मन्त्री विद्या भट्टराईको अध्यक्षतामा  सो कार्यक्रम सम्पन्न भएको हो । 

मन्त्री भट्टराईले नेपालमा हालसम्म पनि पुस्तकालय सञ्चालन तथा व्यवस्थापन सम्बन्ध स्पष्ट कानुन तथा नीतिको अभाव रहेको बताउँदै त्यसका लागि आफूले पहल गर्नेसमेत प्रतिवद्धता जनाइन् । 

यस्तै पछिल्लो समय विकसित सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालय क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउँदै विद्युतीय पुस्तकालयमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन् ।  

 

यस्तै पूर्वमन्त्री गणेश शाहले पुस्तकालय समाजको ऐना भएको बताए । रसियन हाउसका निर्देशक एन्तोन मास्ेभले नेपालमा पुस्तकालय दिवस मनाएजस्तै रसियामा राष्ट्रिय ज्ञान दिवस मनाउने गरिएको र आजकै दिन शैक्षिक सत्रको थालनी हुने बताए । 

 यस्तै कार्यक्रममा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका प्रमुख केशव दाहालको संयोजकत्वमा गठन भएको छनौट समितिबाट छनोट भएका पुस्तकालय अभियन्ता, पुस्तकालय तथा पुस्तकालयकर्मीलाई सम्मान गरिएको थियो ।  

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  ५ : ०१ बजे

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको