१७ औँ पुस्तकालय दिवस सम्पन्न « Khabarhub

१७ औँ पुस्तकालय दिवस सम्पन्न


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १७ औँ पुस्तकालय दिवस सम्पन्न भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा काठमाडौंमा मन्त्री विद्या भट्टराईको अध्यक्षतामा  सो कार्यक्रम सम्पन्न भएको हो । 

मन्त्री भट्टराईले नेपालमा हालसम्म पनि पुस्तकालय सञ्चालन तथा व्यवस्थापन सम्बन्ध स्पष्ट कानुन तथा नीतिको अभाव रहेको बताउँदै त्यसका लागि आफूले पहल गर्नेसमेत प्रतिवद्धता जनाइन् । 

यस्तै पछिल्लो समय विकसित सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालय क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउँदै विद्युतीय पुस्तकालयमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन् ।  

 

यस्तै पूर्वमन्त्री गणेश शाहले पुस्तकालय समाजको ऐना भएको बताए । रसियन हाउसका निर्देशक एन्तोन मास्ेभले नेपालमा पुस्तकालय दिवस मनाएजस्तै रसियामा राष्ट्रिय ज्ञान दिवस मनाउने गरिएको र आजकै दिन शैक्षिक सत्रको थालनी हुने बताए । 

 यस्तै कार्यक्रममा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका प्रमुख केशव दाहालको संयोजकत्वमा गठन भएको छनौट समितिबाट छनोट भएका पुस्तकालय अभियन्ता, पुस्तकालय तथा पुस्तकालयकर्मीलाई सम्मान गरिएको थियो ।  

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ५ : ०१ बजे

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता