रुसमा पर्यटक बोकेको हेलिकप्टर बेपत्ता « Khabarhub

रुसमा पर्यटक बोकेको हेलिकप्टर बेपत्ता


१५ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसको एमआई हेलिकप्टर उडानका क्रममा बेपत्ता भएको छ । मिडिया रिपोर्टका अनुसार बेपत्ता हेलिकप्टरमा चालक दलका तीन सदस्यसहित २२ जना सवार रहेका थिए ।

इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार रुसको भाचकाजेट्स ज्वालामुखी नजिकैको साइटबाट २५ किलोमिटर टाढा निकोलाएभकामा हेलिकप्टर उडेको थियो ।

हेलिकप्टरले मस्को र सेन्ट पिटर्सबर्गका पर्यटकहरू बोकेको थियो र हेलिकप्टर तालमा खसेको जनाएको छ ।

एमआई-८टी हेलिकप्टर १९६० मा डिजाइन गरिएको र यसमा दुईवटा इन्जिन रहेको बताइएको छ । उद्धारकर्मीले बेपत्ता भएको हेलिकप्टरको खोजी सुरु गरेका छन् । हेलिकप्टर बेपत्ता भएको क्षेत्रमा हुरीबतास र कुहिरो देखिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यो हेलिकप्टर संसारमा सबैभन्दा व्यापक रूपमा प्रयोग हुने हेलिकप्टरहरू मध्ये एक रहेको बताइएको छ । रूसले यसको १७ हजारभन्दा बढी एकाइहरू बनाएको छ । भारत, चीन, इरानलगायत ५० भन्दा बढी देशले यसको प्रयोग गरिरहेका छन् । यो दुवै नागरिक र सैन्य मा प्रयोग गरिन्छ ।

रुसमा एमआई- ८ पछिल्लो पटक यसै महिनाको सुरुमा, १६ जना सवार हेलिकप्टर रुसको पूर्वी क्षेत्रमा दुर्घटनामा परेको थियो ।

 

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  ५ : ५१ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र