साफको उपाधि गुमाएलगत्तै फ्रान्सतिर उडिन् साम्बा | Khabarhub Khabarhub

साफको उपाधि गुमाएलगत्तै फ्रान्सतिर उडिन् साम्बा


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ व्यवसायिक फुटबल खेल्न फ्रान्सतिर लागेकी छन् ।

महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग २-१ ले पराजित भएको राति नै उनी व्यावसायिक फुटबल खेल्न फ्रान्स गएकी हुन् ।

छैटौं पटक फाइनलमा पुग्दा पनि उपाधि जित्न नसकेको पीडा बोकेर उनी पेरिसतिर लागेकी हुन् । तर उनलाई बिदाइ गर्न अखिल नेपाल फुटबल संघका कुनै पदाधिकारी र कर्मचारी विमानस्थलमा देखिएनन् ।

उनले विमानस्थलमा हजारौँ नेपाली समर्थकको साथ पाउँदा पनि उपाधिबाट चुक्दा दु:ख लागेको बताइन् ।

अर्को पटक उपाधिका लागि अझै मिहिनेत गर्ने विश्वास दिलाउँदै उनी तिहारको मुखमा फ्रान्सतिर लागेकी हुन् ।

उनी विगत एक वर्षादेखि फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पबाट व्यवसायिक फुटबल खेल्दैछिन् । त्यसअघि उनले इजरायली क्लबबाट फुटबल खेलेकी थिइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  १२ : ०२ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार