साफको उपाधि गुमाएलगत्तै फ्रान्सतिर उडिन् साम्बा | Khabarhub Khabarhub

साफको उपाधि गुमाएलगत्तै फ्रान्सतिर उडिन् साम्बा


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ व्यवसायिक फुटबल खेल्न फ्रान्सतिर लागेकी छन् ।

महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग २-१ ले पराजित भएको राति नै उनी व्यावसायिक फुटबल खेल्न फ्रान्स गएकी हुन् ।

छैटौं पटक फाइनलमा पुग्दा पनि उपाधि जित्न नसकेको पीडा बोकेर उनी पेरिसतिर लागेकी हुन् । तर उनलाई बिदाइ गर्न अखिल नेपाल फुटबल संघका कुनै पदाधिकारी र कर्मचारी विमानस्थलमा देखिएनन् ।

उनले विमानस्थलमा हजारौँ नेपाली समर्थकको साथ पाउँदा पनि उपाधिबाट चुक्दा दु:ख लागेको बताइन् ।

अर्को पटक उपाधिका लागि अझै मिहिनेत गर्ने विश्वास दिलाउँदै उनी तिहारको मुखमा फ्रान्सतिर लागेकी हुन् ।

उनी विगत एक वर्षादेखि फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पबाट व्यवसायिक फुटबल खेल्दैछिन् । त्यसअघि उनले इजरायली क्लबबाट फुटबल खेलेकी थिइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  १२ : ०२ बजे

तिहारको रमझम : जनकपुर बजारक्षेत्रमा पूजा सामग्री किन्नेको भिड (तस्बिरहरू) 

जनकपुरधाम– मधेस प्रदेशको राजधानी जनकपुरधाममा दीपावलीको दिन (आज) पूजाका सामग्री किन्नेको

आठ वर्षपछि दम्ती सब–स्टेसन सञ्चालन

स्वर्गद्वारी– निर्माण सुरु भएको आठ वर्षपछि प्यूठानको दम्ती सब–स्टेसन सञ्चालनमा

‘सहकारी प्रकरणमा दोषी देखिएका सबैमाथि कारवाही हुन्छ’

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी प्रकरणमा दोषी

ऋषभ पन्तलाई दिल्लीले रिटेन नगर्ने, मेगा अक्सनमा जाँदै

काठमाडौं– भारतको राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई आइपिएल टिम

बाँसको र्‍याक बनाएर जीविकोपार्जन

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको र्‍याक