प्रहरी तालिम केन्द्रमा यसरी गरियो कुकुरको पूजा (तस्बिरहरू) | Khabarhub Khabarhub

प्रहरी तालिम केन्द्रमा यसरी गरियो कुकुरको पूजा (तस्बिरहरू)


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यमपञ्चकको दोस्रो दिन बिहीबार कुकुरको पूजा–आराधना गरिएको छ।

कुकुर तिहार मनाउने क्रममा मानिसको आज्ञापालकमध्ये एक जनावरको विशेष पूजा र सम्मान गरिएको हो ।

हिन्दू परम्पराअनुसार कात्तिक कृष्ण चतुर्दशीका दिन भैरवलाई कुकुरको रुपमा पूजा गरिन्छ । कुकुरलाई मानिसको नजिकको साथी, आज्ञाकारी र संरक्षकका रूपमा पूजा गर्ने चलन छ।

यसैबीच कुकुर तिहारको अवसरमा नेपाल प्रहरीले केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रको कुकुरको विशेष पूजा गरेको छ । नेपाल प्रहरीले अपराध नियन्त्रण र अनुसन्धानमा प्रयोग हुने तालिम प्राप्त कुकुरको पूजा गरेको हो ।

तिहारमा नियमित काम र अन्य दिन अभ्यास गर्ने कुकुरको एक दिन विशेष पूजा गरिने प्रहरी केन्द्रीय कुकुर तालिम केन्द्रका निर्देशक डीआईजी देउती गुरुङले बताइन् ।

प्रहरीलाई अनुसन्धानको काममा सहयोग गर्ने र विभिन्न अपराधका घटनाको सुराक सरकारलाई दिलाउन सघाउने कुकुलाई कर्मचारीजस्तै व्यवहार गरेर राखिन्छ ।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  १२ : १७ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु