जसपा नेपाल झापाको अध्यक्षमा शत्रुधन चौधरी « Khabarhub

जसपा नेपाल झापाको अध्यक्षमा शत्रुधन चौधरी


१५ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक– जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला कार्यसमिति पुनर्गठन भएको छ । दमकमा आयोजित पार्टीको जिल्ला भेलाद्वारा पुनर्गठित समितिको अध्यक्षमा शत्रुधन चौधरी चयन भएका छन् ।

समितिको उपाध्यक्षद्वयमा रविलाल ताजपुरिया र सावित्रीकुमारी राजवंशी, सचिवमा विष्णु महतो, उप–सचिवमा आकाश लावती र कोषाध्यक्षमा नुतन झा चयन भएका छन् । पुनर्गठित समितिको सदस्यहरूमा लुखीराम मुर्मु, जितबहादुर राई, राजेन्द्र दियाली, राजेश राजवंशी, रञ्जना ढुङ्गाना, गुणराज राई, गोपाल ताजपुरिया, जयनारायण राजवंशीलगायत रहेका पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य जयराम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला भेलामा पार्टीका केन्द्रीय सदस्य धीरेन लावती, लोकसागर साम्बा, कोशी प्रदेश अध्यक्ष दीपक याक्खालगायतको सहभागिता रहेको थियो । 

भेलामा सहभागी वक्ताहरुले पहिचान र सङ्घीयताका निम्ति राजनीतिक आन्दोलनमा रहेका स–साना शक्तिहरुलाई आफूमा समाहित गरेर अगाडि बढ्न सकेमात्र जसपा नेपालको आन्दोलन सशक्त हुने सुझाव दिएका थिए । 

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  १ : ११ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको