मिथिलाञ्चलको हुक्कालोली लोप हुँदै « Khabarhub

मिथिलाञ्चलको हुक्कालोली लोप हुँदै


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकै पौराणिक तथा सांस्कृतिक पहिचान बोकेको दीपावलीको राति आगो लगाएर नचाइने हुक्कालोली लोप हुँदै गएको छ । 

अनादीकालदेखि नै पिढीँदर पिँढी परम्पराका रुपमा पितृ क्रियाका निमित्त गरिएको धार्मिक मान्यतालाई मनोरञ्जनका रुपमा प्रयोग गर्न थालेपछि हुक्कालोली प्रथा लोप हुन थालेको जलेश्वर नगरपालिका–१ मा अवस्थित जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बताए। 

गाउँगाउँमा पहिला बाँसको ठूल–ठूला लठ्ठीमा बाँसकै कोया (खपरोइया) माथि कोया राखेर हुक्कालोली बनाउने गरिन्थ्यो भने दीपावलीको राति सो हुक्कालोलीमा आगो लगाएर नचाउने गरिन्थ्यो । आधुनिकतासँगै मिथिलाञ्चलको संस्कृति र धरोहरका रुपमा रहेको हुक्कालोली अचेल कतै पनि देखिँदैन ।

महोत्तरीसहित नेपाल र भारतमा रहेका सम्पूर्ण मिथिला क्षेत्रको सहरी र ग्रामीण क्षेत्रमा पहिला पहिला बालकदेखि वृद्धसम्म हुक्कालोली नचाउने गर्दथे तर आधुनिक युगमा प्रवेश गरिसकेपछि अहिले यसलाई मनोरञ्जनका रुपमा सहरी र ग्रामीण क्षेत्रका गाउँहरूमा फाट्टफुट्ट रुपमा युवाले हुक्कालोली नचाउने गरेको जलेश्वर–८ का पण्डित अनिल पाठकले बताए।  

स्कन्द पुराणअनुसार मिथिलाञ्चलमा पितृलाई बाटो देखाउन र पितृको आत्मालाई शान्तिका निमित्त लक्ष्मीपूजाको राति हुक्कालोली नचाउने परम्परा रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव राय बताउँछन्।

यसलाई मनोरञ्जनका लागि व्यावसायिक रूप दिएर दियाबाती (दीपावली) कै रात परिवारका सदस्यहरू कपडाको पोकोमा तारले बेरेर बनाइएको उक (गेनी) मट्टितेलमा भिजाई आगो बालेर हुक्कालोली खेलिन्छ । 

यो नचाउने कार्य बालकदेखि वृद्धसम्मले गर्ने गरेको पाइन्छ । हुक्कालोली नचाउने कार्य लोप हुन थालेपछि संस्कृतिविद्हरुले यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

 मिथिलामा हुक्कालोली मनाउने क्रममा लक्ष्मी पूजा गरिसकेपछि मध्यरातमा महिलाले आँगनबाट दुःख, दरिद्र हटी सुखशान्ति भित्रियोस्, लक्ष्मी स्थिर भइरहून् भन्ने उद्देश्यले नाङ्लो ठटाउँदै प्रवेश गर्ने धार्मिक चलन रहेको छ । 

घरको मूल पुरुषले सनको सन्ठी र खर मिसाएर बनाइएको उक बालेर लक्ष्मी भित्र्याउँछन् । त्यसलाई उक फेर्नु भनिन्छ । रातको अन्तिम प्रहरमा घरको मूल महिलाले नाङ्लो बजाएर धनकी देवी लक्ष्मी आह्वान गर्ने चलन पनि छ । 

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  १ : ५९ बजे

कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ