भियतनाममा ट्रामी आँधीका कारण पाँच जनाको मृत्यु « Khabarhub

भियतनाममा ट्रामी आँधीका कारण पाँच जनाको मृत्यु


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्य भियतनाममा ट्रामी आँधीका कारण आएको आकस्मिक बाढीले पाँच जनाको मृत्यु हुनुका साथै सयौँ घर क्षतिग्रस्त भएको र बालीनाली नष्ट भएको प्रकोप अधिकारीहरूले बिहीबार बताएका छन् ।  

फिलिपिन्सपछि ट्रामीले आइतबार मध्य भियतनाममा प्रहार गरेको थियो । फिलिपिन्समा एक सय जनाभन्दा बढीको ज्यान लिएको थियो । बाढीले क्वाङ बिन्ह प्रान्तमा पाँच जनाको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको कृषि मन्त्रालयले बिहीबार अनलाइन रिपोर्टमार्फत जनाएको छ।

रिपोर्टअनुसार अझै पनि धेरै दुर्गम समुदायमा फोहोरमैलासहितको बाढीको पानी बगिरहेको छ । यसैगरी तीन सयभन्दा बढी घर तथा लगभग एक हजार तीन सय हेक्टरको बाली क्षतिग्रस्त भएको मन्त्रालयले जनाएको छ।

राष्ट्रिय सञ्चार माध्यमहरूले प्रसारण गरेका तस्बिरहरूले क्वाङ बिन्हको दुर्गम क्षेत्रका केही घरको छतमा बाढीको पानी पुगेको र अन्य समुदायका बासिन्दाहरूले प्रभावित भवनहरू सफा गर्ने काम गरिरहेको देखाएको थियो ।  

हाल यस क्षेत्रका नदीहरूको जलस्तर बिस्तारै घट्दै गइरहेको भए पनि धेरै क्षेत्र अझै पनि बाढीबाट ग्रसित रहेको जनाइएको छ । भियतनाम उष्णकटिबन्धीय आँधीबेहरीको जोखिममा रहेकाले आकस्मिक बाढी पहिरोले हरेक वर्ष मानवीय तथा भौतिक क्षति हुने गर्छ 

विज्ञहरूले मानव गतिविधिका कारण तीव्र जलवायु परिवर्तनले मौसमी ढाँचामा परिवर्तन आई विनाशकारी अवस्थाको सम्भावना अझै बढाउनसक्ने बताएका छन् ।  

सेप्टेम्बरमा उत्तरी भियतनाममा यागी नामक आँधीले तीन सय ४५ जनाको ज्यान लियो र अनुमानित तीन अर्ब ३० करोड डलरको आर्थिक क्षति भएको जनाइएको छ ।  

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  २ : ४१ बजे

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले

कुलमानले भने- ‘समानुपातिक सूचीमा मेरो भान्जा र ससुराको नाम छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा मन्त्री कुलमान घिसिङले

भाषण र झारा टार्ने शैली चल्दैन, काम देखिनुपर्छ : मधेशका कृषिमन्त्री पटेल

जनकपुर– मधेश प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन्