‘सहकारी प्रकरणमा दोषी देखिएका सबैमाथि कारवाही हुन्छ’ « Khabarhub

‘सहकारी प्रकरणमा दोषी देखिएका सबैमाथि कारवाही हुन्छ’


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी प्रकरणमा दोषी देखिएका सबैमाथि अनुसन्धान र कारवाही हुने बताएका छन् ।

नेकपा एमाले ओखलढुङ्गा काठमाडौं सम्पर्क मञ्चले बिहीबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रसाद कार्यक्रममा पोखरेलले संसदीय छानविन समितिको प्रतिवेदन अनुसार सहकारी प्रकरणमा छवि र रविदेखि दोषी देखिएका सबैमाथि अनुसन्धान र कारवाही हुने बताएका हुन् । सबै दलका प्रतिनिधि रहेको संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्दा सबैले स्वभाविक रुपमा लिनुपर्ने उनले बताए ।

पोखरेलले सहकारी प्रकरणमा अनावश्यक विरोध प्रदर्शन र दोषारोपण गरेर अहिले मुलुकलाई अराजकतातर्फ लैजाने षड्यन्त्र भइरहेको धारणा समेत राखे। उनले अराजकताका विरुद्ध खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे ।

पोखरेलले पार्टी कार्यालय निर्माणका लागि एमाले निकट मीन बहादुर गुरुङले दिएको जग्गा पारदर्शी रुपमा पार्टीले ग्रहण गरेको र अपारदर्शी ढंगले कुनै काम नभएको दावी गरे  ।  

मीन बहादुर गुरुङ एमाले निकट भएकै उनलाई कारण २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट समानुपातिक सदस्य बन्न प्रस्ताव गरेको उनले बताए ।

पोखरेलले कांग्रेस–एमालेबीचको सहकार्य आगामी चुनावसँग रहने र त्यसपछि पार्टी एक्लै चुनाव लड्ने जिकिर गरे । मुलुकमा संकट देखा परेकाले ठूला दुई दल मिल्नुपरेको भन्दै उनले कांग्रेस–एमालेको गठबन्धनलाई अन्यथा नलिन उनले आग्रह गरे ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ३ : ३६ बजे

बाघको संरक्षणमा जोड

रौतहट– बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौँ– गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर

केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो हावा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अनिल शाहको कप्तानीमा भारतसँग खेल्ने नेपाल ‘ए’ टिम घोषणा

काठमाडौँ – भारतमा आयोजना हुने ‘अल इन्डिया गोल्ड कप’ क्रिकेट

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

काठमाडौँ – हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी