साम्बा भन्छिन्- बंगलादेशसँगको हार बिर्सिन धेरै समय लाग्छ | Khabarhub Khabarhub

साम्बा भन्छिन्- बंगलादेशसँगको हार बिर्सिन धेरै समय लाग्छ


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साफको फाइनलको हार बिर्सिन लामो समय लाग्ने टिप्पणी गरेकी छन् ।

सामाजिक सञ्जालमा एक पोष्ट गर्दै साम्बाले साफको फाइनलमा फेरी एक पटक उपविजेतामा सिमित हुदा दुख लागेको टिप्पणी गर्दै यो हार बिर्सिन धेरै समय लाग्ने बताएकी हुन् ।

उनले आम दर्शकले देखाएको साथ र सहयोगप्रति सधै ऋणी रहेको उल्लेख गर्दै अर्को पटक उपाधि दिलाउने विश्वास व्यक्त गरेकी छन् ।

उनकै शब्दमा

साफ महिला च्याम्पियनसिपमा पुन: एकपटक उपविजेतामा सिमित हुँदा निकै दुख लागेको छ । यो हार बिर्सन धेरै समय लाग्नेछ । यो हामी दोस्रो भएको भन्दा पनि योग्य रहेको ट्रफी जित्न नसकेको भन्ने बुझेको छु । यहाँहरुको साथ र सहयोगका लागि सदा ऋणी रहनेछु । आशा छ, यो विश्वासलाई अर्कोपटक उपाधिका साथ न्याय दिन सक्नेछु । आज नै आफ्नो व्यावसायिक यात्राका लागि फ्रान्स प्रस्थान गर्दैछु । यहाँहरुले नेपालमा हुने महिला फुटबल गतिविधिलाई अझ सहयोग गरेर थप बलियो बनाउन सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।

साम्बा व्यावसायिक फुटबल खेल्न बिहीबार बिहानै पेरिसतर्फ लागेकी छन् । उनी फ्रान्सको ए डिभिजन महिला लिग क्लब एन अभान्ट गुइनगाम्पबाट खेल्ने गर्छिन् ।

महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग २-१ ले पराजित भएको राति नै उनी व्यावसायिक फुटबल खेल्न फ्रान्स गएकी हुन् ।

छैटौं पटक फाइनलमा पुग्दा पनि उपाधि जित्न नसकेको पीडा बोकेर उनी पेरिसतिर लागेकी हुन् । तर उनलाई बिदाइ गर्न अखिल नेपाल फुटबल संघका कुनै पदाधिकारी र कर्मचारी विमानस्थलमा देखिएनन् । उनले विमानस्थलमा हजारौँ नेपाली समर्थकको साथ पाउँदा पनि उपाधिबाट चुक्दा दु:ख लागेको बताएकी थिइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ४ : ३० बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ