तस्बिरमा सिस्नुपानी देउसी « Khabarhub

तस्बिरमा सिस्नुपानी देउसी


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिस्नुपानी नेपालले यस वर्षको देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।  कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बिहीबार उक्त  कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा कलाकारद्वय यमन श्रेष्ठ र राजाराम पौडेलले प्यारोडी गीतको संयुक्त प्रस्तुती दिएका थिए । उनीहरुले प्यारोडीमार्फत् सहकारी ठगी प्रकरण जस्ता सामाजिक मुद्दा र समसामयिक राजनीतिक विषयमा व्यङ्ग्य मिसाएका थिए ।

त्यस्तै, कवि लक्ष्मण गाम्नागेले ‘फेरि जन्मनु पर्ने भयो’ शीर्षकको कविता सुनाएका थिए । उनले भ्रष्टाचार, कालोबजारी, घुसखोरी नेता जस्ता समाजका नकारात्मक पात्रलाई जीवन अनुभूति गर्न अर्को जन्म लिन मन लागेको भन्दै व्याङ्ग्यत्मक कविता प्रस्तुत गरेका थिए ।

विगतका वर्षमा जस्तै टंक आचार्य र धिरेन्द्र प्रेमर्षीको समूहले देउसी खेलेको थियो । देउसीमा वर्षभरका मुख्य राजनीतिक, समसामयिक घटनाबारे घोचपेच मिसाइएको थियो ।

यो पटक भने वरिष्ठ कलाकार मनोज गजुरेल ताप्लेजुङका वृद्धको व्यक्तिको चरित्रमा देखिएका थिए । मनोजको समूहले भने खैजडी भजन नृत्य प्रस्तुत गरेको थियो । उनी भजनका मूल गायक बनेका थिए ।

कार्यक्रमको प्रुखम अथितिमा प्रधानमन्त्री केपी शर्माले ओलीलाई आमन्त्रण गरिएको थियो । उनी श्रीमति राधिका शाक्यसहित कार्यक्रममा आएका थिए । पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई उपस्थित थिए ।

त्यस्तै, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायत मन्त्री, पूर्वमन्त्री, सांसद र विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिको उपस्थिति थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ६ : १३ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०