स्पेनको बाढीप्रभावित क्षेत्रमा अति आवश्यक काम बाहेक घरमै बस्न आग्रह | Khabarhub Khabarhub

स्पेनको बाढीप्रभावित क्षेत्रमा अति आवश्यक काम बाहेक घरमै बस्न आग्रह


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

स्पेन – स्पेनी अधिकारीहरूले बिहीबार बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई अतिआवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन्।

बुधबार आएको बाढीमा परी कम्तीमा ९५ जनाको ज्यान गएको र बाढीमा बाँचेकाहरूको खोजीका लागि उद्धारकर्मीहरूले युद्धस्तरमा काम गरिरहेका समय सरकारी अधिकारीले बाढीको जोखिमबाट बच्न घरबाट बाहिर ननिस्कन निर्देशन दिएका हुन् । 

स्पेनको पूर्वी शहर भ्यालेन्सिया आसपासका क्षेत्रमा आएको बाढीले तहसनहस पारेका शहरहरूमा ड्रोनसहित उद्धारकर्ताले खोजी जारी राखिरहेका छन् भने स्पेनले विपत्तिमा परी मृत्यु हुनेको सम्झनामा तीन दिनको शोकको घोषणा गरेको छ ।

प्रधानमन्त्री पेड्रो सान्चेजले नागरिकलाई आपतकालीन सेवाहरूको आग्रहलाई अनुसरण गर्न र अतिआवश्यक काममाबाहेक घरबाहिर नजान आग्रह गर्नुभएको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् । 

पूर्वी भ्यालेन्सिया र कास्टेलन प्रान्तका बासिन्दालाई सान्चेजले भने, ‘अहिले सबैभन्दा महत्वपूर्ण कुरा भनेको सकेसम्म धेरै मानिसको ज्यान बचाउनु हो । घरमा रहेका सबै नागरिक केही समय कामलाई थाँती राखेरै भएपनि सुरक्षित रूपमा घरमा नै बस्नुहोस।’

भूमध्यसागरीय आँधीबेहरीका कारण भारी वर्षा र माटोले भरिएको पानीको बहावले मानिस, कार र घरहरू बगाएपछि स्पेनले बिहीबारदेखि तीन दिनको शोकको घोषणा गरेको छ । यो अवधिमा सरकारले कुनै औपचारिक कार्यक्रम नगर्न र देशभरका सरकारी भवनहरूमा झन्डाहरू आधा झुकाएर शोक मनाउन आग्रह गरेका छ । 

एक हजार २०० भन्दा बढी सैनिकको सहयोगमा बिहीबार आपतकालीन सेवाले बाढीसँगै आएको माटोले ढाकिएका सहर र गाउँहरूमा उद्धार कार्य जारी राख्न भग्नावशेषबाट सडकहरू सफा गर्न मद्दत गरेका छन् । 

धेरै मानिस अझै हराइरहेका र केही क्षेत्रहरू बुधबार दिनभर उद्धारकर्ताहरूको पहुँचमा नरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने सरकारी अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ६ : ४१ बजे

५२ गर्भवतीलाई पोषण भत्ता प्रदान

तनहुँ– तनहुँकाे व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार

भोजपुरका किसान व्यवसायिक चिया खेतीमा आकर्षित

भोजपुर– भोजपुरमा अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यवसायिक खेतीतर्फ

राप्रपा प्रवक्ता श्रेष्ठले बालुवाटार बैठकमा जे देखे– ‘जेन–जीका एजेण्डा ‘हाइज्याक’ भइसकेछन्’

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको त्रिपक्षीय वार्तामा सहभागी

बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

झापामा तीन महिनामा ३१७ घरेलु तथा साना उद्योग थपिए

झापा– झापामा चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो त्रैमासिकमा ३१७