खानेपानी र बिजुलीको अभावविरुद्ध कराँचीमा प्रदर्शन « Khabarhub

खानेपानी र बिजुलीको अभावविरुद्ध कराँचीमा प्रदर्शन


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानी र बिजुलीका आपूर्ति नियमित बनाउन माग गर्दै पाकिस्तानको कराँचीमा प्रदर्शनको आयोजना गरिएको छ । शहरमा जारी खानेपानी र बिजुलीको अभावको विरोधमा कराँचीको युनिभर्सिटी रोडमा प्रदर्शनको आयोजना गरिएको हो ।

पाकिस्तानको एआरवाई न्युजका अनुसार प्रदर्शनका कारण शहरको यातायात प्रणाली अस्तव्यस्त भएको छ । प्रदर्शन मत्थर पार्न प्रहरी र प्रदर्शनकारी नेतृत्वबीचको वार्ता सफल हुन नसकेको जनाइएको छ ।

शहरमा एकातिर अभाव भइरहेका बेला अर्कोतिर चुहावटका कारण ठूलो परिमाणमा खानेपानी खेर गइरहेको प्रदर्शनकारीको भनाइ छ ।

पछिल्ला केही दिनयता कराँचीमा खानेपानीको चरम अभाव देखिएको एआरवाई न्युजले जनाएको छ । शहरको नजिमाबाद, गुल्शन ए इकबाल, पीआईबी कोलोनी, मलिर गुलिस्तान, जोहारजस्ता क्षेत्रमा खानेपानीको अभाव देखिएको जनाइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ७ : २८ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न