अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण « Khabarhub

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न कुटानीपिसानी मिलसहित विभिन्न आयआर्जनमूलक सामग्री वितरण गरेको छ ।

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममार्फत ‘व्यावसायिक तथा रोजगार प्रवर्द्धन कार्यक्रम’अन्तर्गत गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरेको हो ।

स्थानीय तहले लक्षित वर्गको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गरेको जनाएको छ । गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगारतर्फ उन्मुख गराई उनीहरूको दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यले सामग्री वितरण गरिएको हो । ‘सहयोग मात्रै होइन । आयआर्जनसँग जोडिने खालका कार्यक्रममार्फत दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो’, उनले भने ।

कार्यक्रमअन्तर्गत गाउँपालिकाले ६ वटा कुटानीपिसानी मिल वितरण गरेको छ । यसैगरी सुगुरपालनका लागि १९ जना, कुखुरापालनका लागि एक जना, अदुवाखेतीका लागि तीन जना र एक जनालाई हिलट्याङ्क उपलब्ध गराइएको छ । यी सामग्रीले लाभग्राहीलाई साना घरेलु उद्यम सञ्चालन गर्न मद्दत गर्ने गाउँपालिकाको भनाइ छ ।

स्थानीय तहले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन लक्ष्यले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी रहेको पौवादुङमा–६ ठूलोदुम्माका स्थानीय दीपक राईले बताए । प्राप्त सामग्रीले आफ्नो दैनिकी सहज बनाउने उनको भनाइ छ । ‘यसले घरमै बसेर काम गर्न सकिने अवस्था बनाएको छ’, उनले भने, ‘अब आम्दानीको बाटो खुल्ने विश्वास छ,। गाउँपालिकाले गरेको सहयोगले हामी असक्तहरुलाई लाभ पुगेको छ ।’

गाउँपालिका अध्यक्ष किरण राईले स्थानीय उत्पादनलाई बजारसँग जोड्न तिवारीभन्याङमा ‘कोसेली घर’ निर्माण गर्ने योजना रहेको जानकारी दिए । उक्त कोसेली घरमार्फत उत्पादन गरेका कृषि सामग्री सङ्कलन तथा बिक्री–वितरण गरिने योजना रहेको उनले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले १ देखि ६ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी कार्यक्रम सञ्चालन गरिएको बताए । उनले चार लाख ६० हजार बराबरको बजेटमा कार्यक्रम सञ्चालन जानकारी दिए ।

गाउँपालिकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा थप विस्तार गर्दै लक्षित समुदायलाई उत्पादन र बजार व्यवस्थापनसँग जोड्ने योजना बनाएको जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ९ : ५६ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र