आज २०८१ साल पुस १६ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस १६ गते मंगलबारको राशिफल


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस १६ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर ३१ तारिख। शुक्ल पक्षको प्रतिपदा तिथि। तोल ल्होसार। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : मुल त्रिकोणमा चन्द्रमा पुगेकाले दिन राम्रो छ। मन प्रशन्न रहनेछ। सामाजिक भन्दा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। रोगबाट मुक्त हुने योग छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : दिन सामान्य छ। अष्टम भागमा चन्द्रमा पुगेकाले मन अशान्त हुनसक्छ। हिजो नजिकै भएका साथीले आज विरोध गर्नसक्ने जोखिम छ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। कर्मको स्थानमा शनिदेव भएकाले साना कुरामा विवाद नगर्नु राम्रो हुनेछ।

मिथुन : दिन रमाइलो छ। परिवारमा नयाँनयाँ परिकार खाएर रमाइलो गर्ने अवसर मिल्नेछ। सञ्चित धन खर्च हुनेछ। उचित ठाउँमा लगानी हुँदा मन सन्तुष्ट हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। राज्यको माथिल्लो तहबाट सेवाको अवसर मिल्नेछ।

कर्कट : अढैया शनि भए पनि शुभग्रहको बहुमत रहेको छ। आफ्ना तरिकाले गरेको लगानीबाट घाटा नहुने देखिन्छ। पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। परिवारमा तपाईंको भन्दा साथीको कुरा बिक्ने हुँदा मन खिन्न हुनेछ।

सिंह : दिन राम्रो छ। लगानीका क्षेत्र सबल छन्। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। काम गर्नु अगाडि परिवारसँग सल्लाह गर्नु उचित हुनेछ।

कन्या : दिन सामान्य छ। चन्द्रमा प्रतिकुल भएकाले मनमा असन्तुष्टि पैदा हुनसक्छ। आफूले गरेको कारोबारमा आफैलाई घाटा हुनसक्छ। समकालीन भन्दा आफूभन्दा साना साथीसँग सहकार्य गर्नु फाइदाजनक हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

तुला : बन्धुसँगको कारोबारबाट काम बन्नेछ। ठुलो धन खर्च गर्ने हिम्मत नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ।

धनु : दिन राम्रो छ। मन प्रशन्न हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। विपक्षीको आवाजलाई रोक्ने बौद्धिक क्षमता वृद्धि हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारले साथ दिँदा मन शान्त बन्नेछ।

मकर : आफूखुशी खर्च गर्ने बानी कटौती गर्नुपर्ने दिन छ। नजिकैको साथीसँग सल्लाह गरेर अगाडि बढ्दा सहज हुनेछ। स्वदेशको भन्दा विदेशको मोह बढेको देखिन्छ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर जुट्नेछ।

कुम्भ : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। स्वास्थ्यको ख्याल नगर्दा शारीरिक शक्ति कमजोर बन्नेछ। मध्य साढेसाती दशा भएकाले बिहान उठेर धार्मिक कार्यमा सहभागी बनेमा राम्रो हुनेछ। विपक्षी शान्त भएकाले तपाईंको काम बन्ने योग छ।

मीन : बोल्दा सचेत बन्नुपर्ने समय छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा सफलता मिल्नेछ। सहकर्मीको साथ र सहयोग मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ५ : ०८ बजे

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं– कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२

मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम : मंगलबार यूएईसँग अभ्यास खेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक