दक्षिण कोरियाका पूर्व राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी  « Khabarhub

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी 


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सियोल – दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

युनले गत डिसेम्बर ३ मा लगाएको मार्सल ‘ल’ का कारण यो वारेन्ट जारी गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

पूर्व राष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा अप्रत्याशित रूपमा मार्सल ल लगाएका थिए । यसको चर्को विरोध मात्रै भएन, संसद्ले केही घण्टामा नै उनको सो कदममाथि रोक लगाएको थियो ।

संसदले रोक लगाएको ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिएको उनले घोषणा गरेका थिए । सो क्रम यसै रोकिएन र संसद्ले दोस्रो पटकमा बहुमतका साथ युनविरुद्ध महाभियोग प्रस्ताव पारित गरेर राष्ट्रपतिबाट निलम्बन गरेको थियो ।

युनको मार्शल ‘ल’ लागू गर्ने निर्णयको विरुद्ध अनुसन्धान भइरहेको छ। उनलाई विद्रोह र देशद्रोहको आरोप लगाइएको छ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १ : १८ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको