दक्षिण कोरियाका पूर्व राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी  « Khabarhub

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी 


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सियोल – दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

युनले गत डिसेम्बर ३ मा लगाएको मार्सल ‘ल’ का कारण यो वारेन्ट जारी गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

पूर्व राष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा अप्रत्याशित रूपमा मार्सल ल लगाएका थिए । यसको चर्को विरोध मात्रै भएन, संसद्ले केही घण्टामा नै उनको सो कदममाथि रोक लगाएको थियो ।

संसदले रोक लगाएको ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिएको उनले घोषणा गरेका थिए । सो क्रम यसै रोकिएन र संसद्ले दोस्रो पटकमा बहुमतका साथ युनविरुद्ध महाभियोग प्रस्ताव पारित गरेर राष्ट्रपतिबाट निलम्बन गरेको थियो ।

युनको मार्शल ‘ल’ लागू गर्ने निर्णयको विरुद्ध अनुसन्धान भइरहेको छ। उनलाई विद्रोह र देशद्रोहको आरोप लगाइएको छ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १ : १८ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली