अर्जुनचौपारीका पूर्वअध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

अर्जुनचौपारीका पूर्वअध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार निजहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पालिका पूर्वअध्यक्ष अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, उपभोक्ता समितिका अध्यक्षसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

पूर्वअध्यक्ष अर्याल पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार थिए । तीन हजार ३१९ मत ल्याएका उनले नेकपा (एमाले)का मोहन केसीलाई ७८ मतले पराजित गरेका थिए ।

गाउँपालिका-१ स्थित स्थानीय बजार क्षेत्रको बाटो ढलान गर्न आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा विनियोजित बजेटबाट गुणस्तरहीन काम गरेको उजुरी आयोगमा परेको थियो ।

सो उजुरी निवेदनबारे अनुसन्धान हुँदा आर्थिक वर्ष २०७५/०७६ मा कार्यान्वयन भएको ‘गाउँपालिका सदरमुकाम व्यवस्थापन क’ योजनाको ‘प्रोभाइडिङ मिक्सिङ एण्ड पोरिङ’ र ‘मेसिन मिक्स कङ्क्रिट’ आटमको सबै ठाउँको ढलान भत्किएको पाइएको थियो ।

राज्यस्रोत खर्च गरिएको सो सडक निर्माणमा अनियमितता गर्दा २७ लाख पाँच हजार ११ रुपैयाँ सात पैसा बराबरको काम गुणस्तरहीन देखिन आएको आयोगले जनाएको छ ।

अर्को आर्थिक वर्ष २०७६/०७७ मा अर्जुनचौपारी गाउँपालिकाबाट कार्यान्वयन भएको ‘तल्लो बजार नाला तथा ढलान निर्माण योजना’को ‘पीपीसी फर आरसीसी वर्क्स’ आइटममा आठ लाख ३४ हजार ३२० रुपैयाँ ५८ पैसा बराबरको गुणस्तरहीन काम गरेको खुलेको थियो । उक्त योजना अन्तर्गत पनि गरेजति सबै ढलान भत्किएको थियो ।

मिलेमतोमा गुणस्तरहीन काम गरेको देखिन आएकाले प्रतिवादीउपर मागदाबी लिइ आरोपपत्र दायर गरिएको आयोगले जानकारी दिएको छ ।

मागदाबी विवरणः

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  २ : ३४ बजे

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै