‘राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन’ « Khabarhub

‘राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन’


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन अगाडि बढ्नुपर्ने बताएका छन् । 

कांग्रेस इलामले मंगलबार आयोजना गरेको १०० दिने विशेष अभियान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

‘२०३३ पुस १६ गते बिपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको थियो । त्यतिबेला राष्ट्रको स्वाधीनता र यसको अस्तित्व रक्षाको समय थियो । अहिले समय फेरियो । हामी गणतान्त्रिक मुलुकमा गयौँ,’ महरले भने, ‘बिपीले त्यो बेला नेपाललाई समुन्नत बनाउने कुरा भन्नुभएको थियो, त्यो काम संविधान निर्माण भइसकेपछि पनि अहिलेसम्म पूरा भएन । अहिले संविधान संशोधनको बहस भएको बेला त्यो राष्ट्रिय एकता र मेलमिलापको आधारमा मात्र सम्भव छ ।’ 

संविधान संशोधनलगायत राष्ट्रका ज्वाजल्यमान समस्या समाधान गर्न अझ कसिलो राष्ट्रिय एकता र मेलमिलाप आवश्यक रहेको नेता महरले औँल्याए । 

‘बिपीले परिकल्पना गरेको लोकतान्त्रिक प्रणालीका माध्यमले विकसित नेपालको चाहना आजसम्म पनि पूरा हुन सकेको छैन,’ उनले भने, ‘यसको पहिलो खुड्किला भनेको कांग्रेसलगायत दलभित्र मेलमिलाप र एकताको आधार खडा हुन आवश्यक छ । त्यसपछि राष्ट्र निर्माणको मुद्दा र जनताको मुद्दामा एक हुनुपर्छ ।’ 

नेता महरले कांग्रेसको १५ औं महाधिवेशन पार्टीभित्रको मेलमिलाप र एकताको आधारमा सम्पन्न गरिनुपर्नेमा जोड दिए ।

 ‘एकता भावले महाधिवेशन गरेर देशका लागि र कांग्रेसका लागि बाँकी रहेका कार्यभार कुशलतापूर्वक सम्पन्न गर्नुपर्छ,’ उनको भनाइ थियो, ‘सशक्त पार्टी निर्माण गरेर मात्र त्यो सम्भव छ । त्यसतर्फ हामी केन्द्रित हुनुपर्छ ।’

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ५ : ११ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र