हवाई यात्रुको सङ्ख्या बढ्यो, नेपालबाट १६ देशमा नियमित उडान | Khabarhub Khabarhub

हवाई यात्रुको सङ्ख्या बढ्यो, नेपालबाट १६ देशमा नियमित उडान


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा आन्तरिकतर्फ १३ प्रतिशत र अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या सात दशमलव नौ प्रतिशतले वृद्धि भएको हो ।

प्राधिकरणको २६ औँ वार्षिकोत्सवको अवसरमा वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले दिएको जानकारीअनुसार तीन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म कूल ८७ लाख ६० हजार तीनसय दुई लाई हवाई यात्रुले यात्रा गरेका छन् । सन् २०२३ को नोभेम्बरसम्म कूल ७७ लाख हवाई यात्रुले यात्रा गरेका थिए ।

त्यसैगरी सन् २०२४ मा अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या सात दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरसम्म अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या कूल ४४ लाख ४९ हजार एक सय ३३ पुगेको हो । नेपालमा हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । कूल ५५ वटा विमानस्थलमध्ये ३५ वटा विमानस्थल आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएका छन् ।

नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको सङ्ख्या सन् २०२३ मा २९ रहेकामा हाल २०२४ मा भिस्तारा एयरलाइन्स एयर इण्डियामा मर्ज भएपश्चात् यो सङ्ख्या २८ भएको छ । नेपालबाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको छ ।

आन्तरिकतर्फ भने सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशील वायुसेवा कम्पनीहरूको सङ्ख्या १९ रहेको छ । महानिर्देशक अधिकारीले पूर्वाधार निर्माण र हवाई सुरक्षामा विशेष ध्यान दिएको बताए।

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वीकृत गुरूयोजनाबमोजिम विमानस्थलको सीमित क्षेत्रफललाई अधिकतम उपयोग गरी विमानस्थलको क्षमता अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिई क्षमता विस्तारका लागि विमानस्थलको उत्तरतर्फ करिब १८ वटासम्म अन्तर्राष्ट्रिय वायुयान बिसान गर्न सकिने वायुयान बिसान क्षेत्र र ट्याक्सी वेको निर्माण कार्य जारी रहेको छ ।

त्रिभुवन विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनका आवागमन क्षेत्रहरूलगायत विमानस्थलभित्रका विभिन्न स्थानमा अत्याधुनिक विद्युतीय उपकरणहरू सञ्चालनमा ल्याइएको छ । विमानस्थलको रनवे २ तर्फको तीन सय १५ मिटर लम्बाइमा एप्रोच बोर्ड तथा फायर एक्जिट निर्माण सम्पन्न भएको साथै ल्याण्डसाइड क्षेत्रमा करिब एक हजार चार सय वर्गमिटर क्षेत्रफलमा पार्किङ क्षेत्र विस्तार गरिएको छ ।

त्रिभुवन विमानस्थलमा यसै वर्ष कात्तिक २३ गतेदेखि विमानस्थलको रात्रिकालीन अपरेशन आवर कम गरी निर्माण कार्यसमेत सुरू भएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आइकाओ कोड ४एफअन्तर्गत पूर्ण क्षमताको वैकल्पिक अन्तर्राष्ट्रियस्तरको विमानस्थलको गुरूयोजनासँगै फेज–१ को निर्माणका लागि डिटेल इन्जिनियरिङ डिजाइन कार्य सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ६ : ४४ बजे

पठन संस्कृतिले बौद्धिक चेतना, ज्ञान र सूचना प्राप्त हुन्छ : सभामुख घिमिरे

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पठन संस्कृतिले व्यक्तिको चेतना,

सुदूरपश्चिमका बिरामीलाई निःशुल्क रगतको सुविधा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा उपचार गर्ने

लिङदेन नेतृत्व असफल भएको राप्रपा शीर्ष नेताको निष्कर्ष, पूर्वराजा पनि असन्तुष्ट

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व

२०२४ मा टाटा पन्च भारतमा सर्वाधिक बिक्री हुने कार बन्यो

काठमाडौं – २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार

क्याम्पस प्रमुखको दौडमा रहेका प्राध्यापकलाई ‘बौद्धिक चोरी’ आरोप

काठमाडौं- सानोठिमी क्याम्पसक प्रमुखको दौडमा रहेका एकजना प्राध्यापकलाई बौद्धिक चोरीको