रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय « Khabarhub

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । आयोगले आइतबार बिहान एक सूचना जारी गर्दै प्रतिनिधिको प्रारम्भिक सूची सार्वजनिक गरेको हो ।

प्रकाशित नामावलीमा कुनै नाम छुटेको, विवरण सच्याउनु पर्ने वा दाबी-विरोध गर्नुपर्ने भएमा चितवनस्थित औद्योगिक प्रदर्शनी स्थलमा रहेको महाधिवेशन सचिवालयमा सम्पर्क गर्न आयोगले अनुरोध गरेको छ । यस्तै, नामावलीमा नाम भएर पनि पार्टी सदस्यता नम्बर उल्लेख नभएका, लेभी भुक्तानी नगरेका वा पार्टी पोर्टलमा अभिलेख नरहेका प्रतिनिधिलाई आवश्यक प्रमाणसहित आयोगको सचिवालयमा सम्पर्क गर्न भनिएको छ ।

आयोगका अनुसार नामावली सम्बन्धी दाबी-विरोध तथा विवरण सच्याउने अन्तिम समय असार ८ गते बिहान १०:०० बजेसम्मका लागि तोकिएको छ । उक्त समयसीमा भित्र सम्पर्क नगर्ने प्रतिनिधिहरूको नाम अन्तिम नामावलीबाट हटाइने आयोगले चेतावनी दिएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी घोषणा सम्बन्धी कडा नियम समेत सार्वजनिक गरेको छ । जसअनुसार यसअघि पार्टीका वडा, पालिका, जिल्ला तथा प्रदेश अधिवेशनको कुनै पनि पदमा उम्मेदवार भई पराजित भएका पार्टी सदस्यले राष्ट्रिय महाधिवेशन अन्तर्गत कुनै पनि पदमा उम्मेदवार बन्न पाउने छैनन् । यस विपरीत उम्मेदवारी दिएको पाइएमा त्यस्तो उम्मेदवारी स्वतः रद्द हुने प्रमुख निर्वाचन आयुक्त भुवन केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १० : ०५ बजे

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य