चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु, पाँच घाइते | Khabarhub Khabarhub

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु, पाँच घाइते


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

चितवन– गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१३ जयमंगलामा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो ।

 जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार स्थानीय जंगलबाट गैँडा बस्तीमा प्रवेश गरेपछि घटना भएको हो ।

मृत्यु हुनेमा रत्ननगर–१६ बस्ने ७० वर्षीय कृष्णाकुमारी थापा रहेकी छिन् । दिउँसो पौने २ बजे गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

गैँडाको आक्रमणबाट अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा मृतक थापाका श्रीमान् ७८ वर्षका डम्बरबहादुर थापा, रत्ननगर–१२ का ७२ वर्षका चेतनाथ चौलागाई वडा नं १२ कै ३९ वर्षीय सीता पोखरेल, २५ वर्षीय पुजन विक, रत्ननगर–१४ की ६० वर्षीय मीना गुरूङ रहेका छन् । 

घाइतेको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ६ : ४७ बजे

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते

गोरखा – सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित

हङकङ सिक्सेसः यूएईविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा अहिले नेपालले यूएईसँग

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त