हुम्लाको ताँजकोटका आठ बस्ती पहिरोको उच्च जोखिममा « Khabarhub

हुम्लाको ताँजकोटका आठ बस्ती पहिरोको उच्च जोखिममा


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिमकोट – जिल्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मका आठ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लामा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ताँजकोट क्षेत्रका विभिन्न आठ वटा बस्ती भिरालो जमिन रहेकाले उच्च जोखिममा रहेको निष्कर्ष निकालेको हो ।

ताँजकोट गाउँपालिकाको वडा नम्बर १ को कोलपेल्ना, वडा नम्बर २ को दलितबाडा, वडा नम्बर ३ को भ्यालबाडा र रोकायाबाडा, वडा नम्बर ४ को ओखडेना, वडा नम्बर ५ को लोटपाटा र दलित बाडा बस्ती उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी नारायाण पाण्डेयले बताए ।

भिरालो जमिन पहिरोको उच्च जोखिम रहेको भन्दै उनले ताँजकोट गाउँ कार्यपालिकाले पुस ३ गते स्थान्तरणका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको जानकारी दिए । जोखिममा रहेका बस्ती सुरक्षित स्थानमा स्थान्तरण गर्नका लागि सुरक्षित स्थान पहिचान गरी बस्ती विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको छ ।

उक्त बैठकले जिल्लामा विभिन्न समयमा हुनसक्ने विपद्का घटना र त्यसको पूर्व तयारीका विषयमा छलफल भएको सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार बैठकमा जिल्ला विपद् व्यवस्थापन समितिको यसअघिका बैठकबाट भएका निर्णयको कार्यान्वयन अवस्थाका बारेमा समीक्षा एवं विश्लेषण गरिएको थियो ।

त्यसैगरी बैठकले विपद्बाट पूर्ण क्षति भएका घरलगायतका भौतिक संरचना गुमाउन पुगेका २५ प्रभावित परिवारलाई राहतस्वरूप जिल्ला विपद् व्यवस्थापन कोषबाट तीन लाख ३० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रत्येक पीडित परिवारलाई १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराइनेछ ।

यस्तै मङ्सिर २६ सर्केगाड गाउँपालिका वडा नम्बर ७ रोडिकोट र सिमकोट गाउँपापलका वडा नम्बर ८ यांगु गाउँका आगलागी पीडितको घर पुनर्निर्माणका लागि आवश्यक सहजीकरण गर्न राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण तथा प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा जिल्लाबाट सिफारिस पठाउने निर्णय गरिएको छ । रासस

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ८ : १५ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका