भियतनामलाई ड्रोन प्रतिरोधी प्रणाली बिक्री गर्ने भारतको प्रस्ताव « Khabarhub

भियतनामलाई ड्रोन प्रतिरोधी प्रणाली बिक्री गर्ने भारतको प्रस्ताव


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले भियतनामसमक्ष चालकरहित हवाइ उपकरण ड्रोन प्रतिरोधी प्रणाली बिक्री गर्ने प्रस्ताव गरेको छ ।

भारतले भियतनामी जनसेनाको वायुसेनालाई अत्याधुनिक ड्रोन प्रतिरोधी प्रणाली बिक्रीको प्रस्ताव गरेको हो ।

पछिल्लो समय विश्वका विभिन्न क्षेत्रमा जारी युद्धमा ड्रोनको प्रयोग बढिरहेको बेला भारतले भियतनामलाई दुई किसिमको प्रणाली बिक्रीको प्रस्ताव गरेको हो ।

इण्डियन डिफेन्स रिसर्च विङका अनुसार भारतले भियतनामलाई ‘हार्ड किल’ र ‘सफ्ट किल’ प्रविधिमा आधारित ड्रोन प्रतिरोधी प्रणाली खरिद गर्न प्रस्ताव गरेको छ ।

‘हार्ड किल’ प्रणालीले क्षेप्यास्त्र वा लेजर प्रविधिका माध्यमबाट आकाशमा उडिरहेको ड्रोनलाई भौतिक रुपमा नष्ट पार्ने गर्छ ।

भारतीय रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले डी–४ जस्ता प्रणालीको विकास गरेको छ । डी–४ प्रणाली लेजर प्रविधिमा आधारित रहेको जनाइएको छ ।

त्यस्तै, ‘सफ्ट किल’ प्रणालीले भौतिक रुपमा नष्ट गर्ने नभइ रेडियो आवृत्ति, जीपीएस र सिग्नल जाम गरी ड्रोनलाई निस्तेज पार्ने काम गर्छ । भारतले सफ्ट किल’ प्रणालीमा आधारित ड्रोन प्रतिरोधी उपकरणको पनि विकास गरेको जनाइएको छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १० : ०३ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको