भियतनामलाई ड्रोन प्रतिरोधी प्रणाली बिक्री गर्ने भारतको प्रस्ताव « Khabarhub

भियतनामलाई ड्रोन प्रतिरोधी प्रणाली बिक्री गर्ने भारतको प्रस्ताव


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले भियतनामसमक्ष चालकरहित हवाइ उपकरण ड्रोन प्रतिरोधी प्रणाली बिक्री गर्ने प्रस्ताव गरेको छ ।

भारतले भियतनामी जनसेनाको वायुसेनालाई अत्याधुनिक ड्रोन प्रतिरोधी प्रणाली बिक्रीको प्रस्ताव गरेको हो ।

पछिल्लो समय विश्वका विभिन्न क्षेत्रमा जारी युद्धमा ड्रोनको प्रयोग बढिरहेको बेला भारतले भियतनामलाई दुई किसिमको प्रणाली बिक्रीको प्रस्ताव गरेको हो ।

इण्डियन डिफेन्स रिसर्च विङका अनुसार भारतले भियतनामलाई ‘हार्ड किल’ र ‘सफ्ट किल’ प्रविधिमा आधारित ड्रोन प्रतिरोधी प्रणाली खरिद गर्न प्रस्ताव गरेको छ ।

‘हार्ड किल’ प्रणालीले क्षेप्यास्त्र वा लेजर प्रविधिका माध्यमबाट आकाशमा उडिरहेको ड्रोनलाई भौतिक रुपमा नष्ट पार्ने गर्छ ।

भारतीय रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले डी–४ जस्ता प्रणालीको विकास गरेको छ । डी–४ प्रणाली लेजर प्रविधिमा आधारित रहेको जनाइएको छ ।

त्यस्तै, ‘सफ्ट किल’ प्रणालीले भौतिक रुपमा नष्ट गर्ने नभइ रेडियो आवृत्ति, जीपीएस र सिग्नल जाम गरी ड्रोनलाई निस्तेज पार्ने काम गर्छ । भारतले सफ्ट किल’ प्रणालीमा आधारित ड्रोन प्रतिरोधी उपकरणको पनि विकास गरेको जनाइएको छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १० : ०३ बजे

इरानी मिसाइलको जोखिम बढेपछि यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ

वर्षासहितको हुरीबतासले भक्तपुरका दुई घरमा क्षति

भक्तपुर – सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत