पाकिस्तानी क्षेप्यास्त्र कार्यक्रममा संलग्नमाथि अमेरिकाले लगायो प्रतिबन्ध « Khabarhub

पाकिस्तानी क्षेप्यास्त्र कार्यक्रममा संलग्नमाथि अमेरिकाले लगायो प्रतिबन्ध


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी क्षेप्यास्त्र कार्यक्रममा संलग्न चार वटा संस्थामाथि अमेरिकाले प्रतिबन्धको घोषणा गरेको छ । लामो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रममा संलग्न चार संस्थामाथि अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो ।

अमेरिकी प्रतिबन्धमा पर्नेमा पाकिस्तानको नेशनल डेभलपमेन्ट कम्पलेक्स नामक सरकारी संस्था पनि परेको छ । यस प्रतिबन्धले ती संस्थामा आबद्ध व्यक्तिहरूको अमेरिकामा रहेका सम्पत्ति रोक्का हुने र ती संस्थामा अमेरिकी नागरिकको संलग्नता निषेध गर्ने खामा प्रेसले जनाएको छ ।

अमेरिकाका उप राष्ट्रिय सुरक्षा सल्लाहकार जोन फिनरले पछिल्लो समय पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रम अझ परिष्कृत हुँदै गएको र त्यसको प्रभाव दक्षिण एशिया बाहिर समेत पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । यसबाट अमेरिकी सुरक्षामा जोखिम निम्त्याउने उनको भनाइ छ ।

पाकिस्तानले विकास गरेको शाहिन ३ क्षेप्यास्त्रको अधिकतम मारक दूरी २ हजार ७ सय ५० किलोमिटर रहेको छ । यस क्षेप्यास्त्रलाई पाकिस्तानी क्षेप्यास्त्र कार्यक्रमको महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

केही समयअघि पाकिस्तानी क्षेप्यास्त्र कार्यक्रमलाई सहयोग गरेको भन्दै केही चिनियाँ कम्पनीमाथि पनि प्रतिबन्धको घोषणा गरेको थियो । पाकिस्तानको विदेश मन्त्रालयले भने आफ्नो मुलुकको क्षेप्यास्त्र कार्यक्रममाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणाको निन्दा गरेको छ ।

पाकिस्तानमा आर्थिक समस्या, राजनीतिक अस्थिरता, आन्तरिक द्वन्द्व र भूराजनीतिक तनाव बढिरहेका बेला अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा गरेको हो । नयाँ प्रतिबन्धबाट पाकिस्तान कूटनीतिक रूपमा अझ एक्लिने सम्भावना रहेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १० : ३४ बजे

इरानी मिसाइलको जोखिम बढेपछि यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ

वर्षासहितको हुरीबतासले भक्तपुरका दुई घरमा क्षति

भक्तपुर – सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत