पाकिस्तानी क्षेप्यास्त्र कार्यक्रममा संलग्नमाथि अमेरिकाले लगायो प्रतिबन्ध « Khabarhub

पाकिस्तानी क्षेप्यास्त्र कार्यक्रममा संलग्नमाथि अमेरिकाले लगायो प्रतिबन्ध


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी क्षेप्यास्त्र कार्यक्रममा संलग्न चार वटा संस्थामाथि अमेरिकाले प्रतिबन्धको घोषणा गरेको छ । लामो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रममा संलग्न चार संस्थामाथि अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो ।

अमेरिकी प्रतिबन्धमा पर्नेमा पाकिस्तानको नेशनल डेभलपमेन्ट कम्पलेक्स नामक सरकारी संस्था पनि परेको छ । यस प्रतिबन्धले ती संस्थामा आबद्ध व्यक्तिहरूको अमेरिकामा रहेका सम्पत्ति रोक्का हुने र ती संस्थामा अमेरिकी नागरिकको संलग्नता निषेध गर्ने खामा प्रेसले जनाएको छ ।

अमेरिकाका उप राष्ट्रिय सुरक्षा सल्लाहकार जोन फिनरले पछिल्लो समय पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रम अझ परिष्कृत हुँदै गएको र त्यसको प्रभाव दक्षिण एशिया बाहिर समेत पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । यसबाट अमेरिकी सुरक्षामा जोखिम निम्त्याउने उनको भनाइ छ ।

पाकिस्तानले विकास गरेको शाहिन ३ क्षेप्यास्त्रको अधिकतम मारक दूरी २ हजार ७ सय ५० किलोमिटर रहेको छ । यस क्षेप्यास्त्रलाई पाकिस्तानी क्षेप्यास्त्र कार्यक्रमको महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

केही समयअघि पाकिस्तानी क्षेप्यास्त्र कार्यक्रमलाई सहयोग गरेको भन्दै केही चिनियाँ कम्पनीमाथि पनि प्रतिबन्धको घोषणा गरेको थियो । पाकिस्तानको विदेश मन्त्रालयले भने आफ्नो मुलुकको क्षेप्यास्त्र कार्यक्रममाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणाको निन्दा गरेको छ ।

पाकिस्तानमा आर्थिक समस्या, राजनीतिक अस्थिरता, आन्तरिक द्वन्द्व र भूराजनीतिक तनाव बढिरहेका बेला अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा गरेको हो । नयाँ प्रतिबन्धबाट पाकिस्तान कूटनीतिक रूपमा अझ एक्लिने सम्भावना रहेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १० : ३४ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका