बंगलादेशमाथि प्रतिबन्ध लगाउन अमेरिकी सांसदको माग « Khabarhub

बंगलादेशमाथि प्रतिबन्ध लगाउन अमेरिकी सांसदको माग


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभका सदस्य श्री थानेदारले बंगलादेशमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।

बंगलादेशको अन्तरिम सरकारले हिन्दूलगायत अल्पसङ्ख्यक समुदायको सुरक्षा प्रत्याभूति गर्न असफल भएको भन्दै थानेदारले अमेरिकाको विदेश मन्त्रालय र अर्थ मन्त्रालयले बंगलादेशमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका हुन् ।

अमेरिकामा बसोबास गर्ने बंगलादेशी मूलका हिन्दू समुदायले क्यापिटोल हिलमा आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै कंग्रेसम्यान थानेदारले यस्तो माग गरेका हुन् । उनले बंगलादेशका अल्पसङ्ख्यक समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्न समेत अन्तर्राष्ट्रिय नेताहरुलाई आह्वान गरे ।

विद्यार्थी आन्दोलनसँगै प्रधानमन्त्री शेख हसिनाले पद त्याग गरेपछि बंगलादेशमा अन्तरिम सरकार गठन भएसँगै त्यहाँ इस्लामिक अतिवाद बढ्दै गएकोमा चिन्ता उत्पन्न भएको छ । त्यसबाहेक बंगलादेशमा हिन्दू लगायत अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी आक्रमणका घटना पनि बढ्दै गएका छन् ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १२ : ३० बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका