भारतको स्टिल प्लान्टमा आगलागी हुँदा चार जनाको मृत्यु « Khabarhub

भारतको स्टिल प्लान्टमा आगलागी हुँदा चार जनाको मृत्यु


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको पश्चिमी राज्य गुजरातमा मंगलबार अबेर राति एउटा स्टिल प्लान्टमा आगलागी हुँदा चार कामदारको मृत्यु भएको छ भने एक जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

घटना राज्यको सूरत जिल्लाको हाजिरा औद्योगिक क्षेत्रमा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल प्लान्टमा भएको हो ।

स्टील प्लान्टका प्रवक्ताले भने, ‘घटना उपकरणको विफलताको कारण भएको हो ।’

‘हामीले थाहा पाएका छौं कि प्लान्टको एक भागमा कोइला जलाउँदा अचानक आगो फैलियो। परिणामस्वरूप आगोले प्लान्टमा लिफ्टमा रहेका चार मजदुरको मृत्यु भयो,’ सुरतका पुलिस आयुक्त अनुपम सिंह गहलोतले बताए।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  २ : ०३ बजे

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ

वर्षासहितको हुरीबतासले भक्तपुरका दुई घरमा क्षति

भक्तपुर – सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत