रावलको प्रश्न- अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण पार्टीबाट निकालिएको हो ? « Khabarhub

रावलको प्रश्न- अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण पार्टीबाट निकालिएको हो ?


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नै–प्रश्न उठाएका छन् । 

बुधबार काठमाडौंमा जारी पत्रकार सम्मेलनमा उनले चितवन महाधिवेशनमा आफूले अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण पार्टीबाट निकालिएको ? भन्दै अध्यक्ष ओलीमाथि प्रश्न गरेका हुन् । 

१० औँ महाधिवेशनमा आफू अध्यक्षमा उठ्दा ‘किन उठेको’ भनेर प्रश्न गरेको भन्दै रावलले अध्यक्ष ओलीलाई आठौँ र नवौँ महाधिवेशनमा माधवकुमार नेपाल र झालनाथ खनालसँग अध्यक्षमा प्रतिस्पर्धा गर्नुको कारण सोधेका छन् । 

‘मलाई महाधिवेशनमा अध्यक्ष पदमा किन उठेको भन्नेजस्तो प्रश्न गरेको पढ्दा प्रतिप्रश्न गर्न मन लाग्यो,’ रावलले भने, ‘तपाई (केपी ओली) ले आठौँ महाधिवेशनमा झालनाथ खनाल र नवौँ महाधिवेशनमा माधवकुमार नेपालसँग अध्यक्षमा किन प्रतिस्पर्धा गरेको ?’

रावलले चितवन महाधिवेशनमा पार्टीकै केटाहरूलाई लगाएर आफू बसेको होटेलमा नाराबाजी गर्न लगाइएको दाबी गरे । ‘म आफ्नै व्यवस्थाले बसेको होटेल बाहिर रक्सी खुवाएर केटाहरूलाई नाराबाजी गर्न लगाइयो,’ उनले भने, ‘मेरो आग्रहमा सशस्त्र प्रहरीको टोलीले त्यहाँबाट धपायो ।’

अध्यक्ष ओलीले महाधिवेशनका बेला चितवनमा वरियतामा तल भएका ४ जनालाई विशेष होटेलमा बस्ने व्यवस्था गरे पनि आफूलाई सामान्य एउटा कोठामात्रै उपलब्ध गराएको गुनासो गरे ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  २ : २६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको