नप्सेमा सामान्य वृद्धि, कारोबार ३ अर्बमा सीमित  « Khabarhub

नप्सेमा सामान्य वृद्धि, कारोबार ३ अर्बमा सीमित 


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.१० अंकले बढेको छ । आज नेप्से ०.१९ प्रतिशतले बढेर २५८१.६० विन्दुमा पुगेको हो । नेप्सेमा हरियाली देखिँदा कारोबार भने निराशजनक देखिएको छ । 

आज दिनभरमा ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार रुपैयाँ बराबरको ९४ लाख ३४ हजार ९ कित्ता शेयर मात्र कारोबार भएको छ । 

१५० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०५ वटा कम्पनी कारोबारमा आउँदा ४३ हजार ७२९ पटक शेयर किनबेच भएको छ । 

५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। 

आज १३ समूहमध्ये ८ समूहको शेयर मूल्य बढेको छ भने ५ समूहको शेयर मूल्य घटेको छ । सबैभन्दा बढी फाइनान्स समूह ३.८७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लगानी समूह ०.०९ प्रतिशतले बढेको छ । 

सबैभन्दा बढी वाणिज्य बैंक समूह ०.७२ प्रतिशतले घटेको छ भने सबैभन्दा कम जीवन बिमा ०.०६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ३ : १६ बजे

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली