बालुवाटार प्रकरणमा विष्णु पौडेल पुत्रलाई ओलीको इशारामा जोगाइयो : भीम रावल « Khabarhub

बालुवाटार प्रकरणमा विष्णु पौडेल पुत्रलाई ओलीको इशारामा जोगाइयो : भीम रावल


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) बाट निकालिएका पूर्वअध्यक्ष डा.भीमबहादुर रावलले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेता विष्णु पौडेलका छोरा नवीन पौडेललाई अध्यक्ष केपी शर्मा ओलीको इशारामा जोगाइएको आरोप लगाएका छन् ।

उनले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई पनि ओलीकै इशारामा उन्मुक्ति दिइएको आरोप लगाएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओलीको इशारामा जग्गा फिर्ता गरेकाले मुद्दा नचलाउने भनी निर्णय गरेको बताएका हुन् ।

बालुवाटारस्थित ललितास निवासको सरकारी जग्गा विष्णुप्रसाद पौडेलका छोरा नवीन र सर्वोच्च न्यायाधीश रेग्मीले अनियमित रुपमा किनेको अवस्थामा सरकारलाई फिर्ता गर्न मञ्जुर गरेकोले अख्यितारले मुद्दा दायर गर्न नमिल्ने भनी गरेको निर्णय ओलीकै इशारामा भएको रावलको दाबी थियो ।

‘कसैले चोरी गरेको सामान फिर्ता गर्छु भन्दैमा उसलाई दण्ड सजाय नगर्ने कानुन छ र ?’ उनले प्रश्न गरे ।

ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा जन्मदिन मनाउन ४ वटा हेलिकोप्टरबाट तेह्रथुममा विराटनगरबाट तयारी खाना ओसार्न लगाएको पनि रावलले बताए ।

ओलीले जन्मदिनमा नेपालको नक्सा आकारको केक काटेर नवसामन्तको द्योतकका रुपमा आफूलाई स्थापित गरेको आरोप पनि रावलले लगाएका छन् ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ३ : १८ बजे

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– विवादका बीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्