नयाँ वर्ष : जर्मनीमा आतशबाजी पड्काउँदा पाँच जनाको मृत्यु « Khabarhub

 नयाँ वर्ष : जर्मनीमा आतशबाजी पड्काउँदा पाँच जनाको मृत्यु


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जर्मनीमा नयाँ वर्ष मनाउन बालिएको शक्तिशाली आतिशबाजीका कारण पाँच जनाको मृत्यु हुनुका साथै एक प्रहरी अधिकारी गम्भीर घाइते भएका छन् ।

जर्मनहरूले नयाँ वर्षलाई आतशबाजीको तीव्र प्रयोगका साथ मनाउँदछन् । यसले प्रत्येक वर्ष चोटपटकको उच्च सङ्ख्या साथै प्रदूषण र होहल्ला निम्त्याउने गरेका कारण शक्तिशाली आतसबाजीलाई रोक्नेबारे बारम्बार बहस हुने गरेको छ । 

प्रहरी प्रवक्ता फ्लोरियन नाथका अनुसार यस वर्ष भएका दुर्घटनामा १३ जना प्रहरी अधिकारी घाइते भएका छन्।

राजधानी बर्लिनमा रातारात करिब ३३० जनालाई हिरासतमा लिइएको र विगतका वर्षहरूको तुलनामा यस वर्ष कुनै ठूलो हिंसा वा घटना नभएको प्रहरीले जनाएको छ ।

नर्थ राइन–वेस्टफालियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने पाडेरबोर्न नजिकै २४ वर्षीय एक व्यक्तिको ‘पाइरोटेक्निक रकेट’ विस्फोट हुँदा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

स्याक्सोनीको ओशाट्जमा ४५ वर्षीय एक व्यक्तिले ‘पाइरोटेक्निक बारूदी गोला’मा आगो लगाउँदा टाउकोमा गम्भीर चोट लागेर मृत्यु भएको छ ।

स्याक्सोनीको पूर्वी क्षेत्रमा हर्था शहरमा ५० वर्षीय एक व्यक्तिको आतशबाजी पाइप बम विष्फोट गर्न खोज्दा टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ताले बताएका छन् ।

उत्तरको ह्याम्बर्ग नजिकै एक २० वर्षीय युवकको आतिशबाजीमा आगो बालेर मृत्यु भएको थियो।

अन्तमा, बर्लिन नजिकै क्रेमेनमा पनि एक व्यक्तिको आतशबाजीको विस्फोटबाट मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। यस्तै घटनामा यस क्षेत्रका अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ४ : ०८ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक