नयाँ वर्ष : जर्मनीमा आतशबाजी पड्काउँदा पाँच जनाको मृत्यु | Khabarhub Khabarhub

 नयाँ वर्ष : जर्मनीमा आतशबाजी पड्काउँदा पाँच जनाको मृत्यु


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जर्मनीमा नयाँ वर्ष मनाउन बालिएको शक्तिशाली आतिशबाजीका कारण पाँच जनाको मृत्यु हुनुका साथै एक प्रहरी अधिकारी गम्भीर घाइते भएका छन् ।

जर्मनहरूले नयाँ वर्षलाई आतशबाजीको तीव्र प्रयोगका साथ मनाउँदछन् । यसले प्रत्येक वर्ष चोटपटकको उच्च सङ्ख्या साथै प्रदूषण र होहल्ला निम्त्याउने गरेका कारण शक्तिशाली आतसबाजीलाई रोक्नेबारे बारम्बार बहस हुने गरेको छ । 

प्रहरी प्रवक्ता फ्लोरियन नाथका अनुसार यस वर्ष भएका दुर्घटनामा १३ जना प्रहरी अधिकारी घाइते भएका छन्।

राजधानी बर्लिनमा रातारात करिब ३३० जनालाई हिरासतमा लिइएको र विगतका वर्षहरूको तुलनामा यस वर्ष कुनै ठूलो हिंसा वा घटना नभएको प्रहरीले जनाएको छ ।

नर्थ राइन–वेस्टफालियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने पाडेरबोर्न नजिकै २४ वर्षीय एक व्यक्तिको ‘पाइरोटेक्निक रकेट’ विस्फोट हुँदा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

स्याक्सोनीको ओशाट्जमा ४५ वर्षीय एक व्यक्तिले ‘पाइरोटेक्निक बारूदी गोला’मा आगो लगाउँदा टाउकोमा गम्भीर चोट लागेर मृत्यु भएको छ ।

स्याक्सोनीको पूर्वी क्षेत्रमा हर्था शहरमा ५० वर्षीय एक व्यक्तिको आतशबाजी पाइप बम विष्फोट गर्न खोज्दा टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ताले बताएका छन् ।

उत्तरको ह्याम्बर्ग नजिकै एक २० वर्षीय युवकको आतिशबाजीमा आगो बालेर मृत्यु भएको थियो।

अन्तमा, बर्लिन नजिकै क्रेमेनमा पनि एक व्यक्तिको आतशबाजीको विस्फोटबाट मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। यस्तै घटनामा यस क्षेत्रका अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ४ : ०८ बजे

खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारीका नाममा गत भदौ २४ गते जलाइएको नयाँ

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

दाङ– जेन-जी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारिसाधन जलेर नष्ट

वरुण धवनले भने- अहंकारी कलाकारसँग काम नगरे पनि हुन्छ

काठमाडौं– बहुप्रतिक्षित फिल्म सन्नी संस्कारीकी तुलसी कुमारीको ट्रेलर सोमबार सार्वजनिक