जनमत पार्टीले मनायो धोती दिवस (तस्बिरहरू) | Khabarhub Khabarhub

जनमत पार्टीले मनायो धोती दिवस (तस्बिरहरू)


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीले काठमाडौंलगायत विभिन्न जिल्लामा धोती दिवस मनाएको छ । 

काठमाडौंको माइतीघरलगायत विभिन्न जिल्लामा जनमतले धोती दिवस मनाएको हो । आ–आफ्ना मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर धोती दिवस मनाउन जनमतका अध्यक्ष सिके राउत लगायत माइतीघरमा सहभागी भएका थिए ।

उनीहरूले धोती हाम्रो शान हो, मधेशीको पहिचान हो, मधेशी एकता जिन्दाबाद, धोती भनेर हेप्न पाइँदैन, धोती हाम्रो राष्ट्रिय पोसाक हो लगायतका प्लेकार्ड देखाएका थिए ।

सो क्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सबै जातजातिको आफ्नै भेषभुषा रहेको र त्यसलाई सबैले आफ्नो सम्पत्ति मान्नुपर्ने बताए। अहिले पनि एकल भाषाभाषी लाद्ने कोसिस भइरहेकाले त्यसप्रति सजक गराउनका लागि पनि धोती दिवस मनाएको उनले बताए । 

जनमतले जनवरी १ तारिकका दिन हरेक वर्ष धोती दिवस मनाउँदै आएको छ । 

हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ५ : २० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’